२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
×

घोराहीको दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा, प्रियासनद्वारा रिबन काटेर उद्घाटन,

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आश्विन २७, २०८३

घोराहीको दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा, प्रियासनद्वारा रिबन काटेर उद्घाटन
घोराही,। दाङको घोराही उपमहानगरपालिका–१४ स्थित दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा आएको छ। सरोज केसी र अजिता गिरीद्वारा सञ्चालित उक्त कलेक्सनको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रियासनले स्थानीयस्तरमा व्यवसाय सञ्चालन हुनु आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले स्थानीय उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्न सके बजारको विकाससँगै आर्थिक समृद्धिमा समेत योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।
‘स्थानीय क्षेत्रमा नयाँ व्यवसाय सञ्चालन हुनु सकारात्मक कुरा हो। यस्ता व्यवसायले उपभोक्तालाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छन्,’ उहाँले भन्नुभयो, ‘व्यवसायलाई गुणस्तरीय सेवा, उचित मूल्य र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्छ।’
अजिता कलेक्सन एण्ड कस्मेटिकमा महिला, पुरुष तथा बालबालिकाका लागि आवश्यक विभिन्न प्रकारका फेन्सी कपडाहरू उपलब्ध रहेको सञ्चालक सरोज केसीले जानकारी दिनुभयो। ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राखेर विभिन्न प्रकारका कपडा तथा जुत्ताहरू बिक्रीका लागि राखिएको उहाँले बताउनुभयो।
उद्घाटनको अवसर पारेर ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको सञ्चालक केसीले जानकारी दिनुभयो। साथै, नेपालीहरूको महान् चाड दसैँ, तिहारलाई लक्षित गरेर पनि कपडा तथा जुत्ताहरूमा छुटसहित बिक्री भइरहेको उहाँले बताउनुभयो।
‘ग्राहकलाई एकै ठाउँबाट आफू तथा परिवारका सदस्यका लागि आवश्यक कपडा र जुत्ताहरू छनोट गर्न सहज होस् भन्ने उद्देश्यले व्यवसाय सुरु गरेका हौँ,’ सञ्चालक केसीले भन्नुभयो, ‘ग्राहकको चाहना, गुणस्तरीय सामग्री र सन्तुष्टिलाई ध्यानमा राखेर व्यवसायलाई अघि बढाउने हाम्रो लक्ष्य छ।’
दसैँतिहारको समयमा नयाँ कपडा तथा जुत्ता खरिद गर्ने ग्राहकलाई लक्षित गरी उपलब्ध गराइएको छुटले उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ। चाडपर्वका बेला बजारमा किनमेलको चहलपहल बढ्ने भएकाले ग्राहकको आवश्यकताअनुसारका सामग्री उपलब्ध गराउने उद्देश्यले कलेक्सन सञ्चालनमा ल्याइएको सञ्चालकको भनाइ छ।
कार्यक्रमको सहजीकरण डाक्टर लोकराज पराजुलीले गर्नुभएको थियो।
स्थानीय क्षेत्रमा नयाँ व्यवसाय थपिँदै जाँदा उपभोक्ताले आफ्नो रोजाइअनुसारका सामग्री खरिद गर्न सहज हुने र व्यापारिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नेपालगञ्ज बाँके प्रहरीले जुवातासमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। > जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। > पक्राउ परेकाहरुको साथबाट नगद र तासका बुकहरु बरामद गरिएको र उनीहरु माथि जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घोराही उपमहानगरपालिका कार्यपालिकाले फुटपाथ र सडक अतिक्रमण नगर्न सम्बन्धी सूचना दाङ । चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा फुटपाथ र सडक क्षेत्र अतिक्रमण गरी आम नागरिक तथा सवारी साधनको आवागमनमा अवरोध हुने गरी व्यावसायिक गतिविधि सञ्चालन गरेको पाइएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाले नियमित बजार व्यवस्थापन तथा आम नागरिकका लागि सडक र फुटपाथ सहजीकरण कार्यक्रम […]

दाङ, । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बाघ सिंह केसीको अध्यक्षता तथा १९ नम्बर बाहिनीका बाहिनीपति हरिबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा भूतपूर्व सैनिकहरूको योगदान, अनुभव र सामाजिक उत्तरदायित्वका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा ज्वालादल गणका गणपति सन्तोष थापाको विशिष्ट आतिथ्यता रहेको थियो। […]