घोराही उपमहानगरपालिका कार्यपालिकाले फुटपाथ र सडक अतिक्रमण नगर्न सम्बन्धी सूचना
दाङ । चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा फुटपाथ र सडक क्षेत्र अतिक्रमण गरी आम नागरिक तथा सवारी साधनको आवागमनमा अवरोध हुने गरी व्यावसायिक गतिविधि सञ्चालन गरेको पाइएको छ।
यस परिस्थितिलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाले नियमित बजार व्यवस्थापन तथा आम नागरिकका लागि सडक र फुटपाथ सहजीकरण कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको छ।
सम्पूर्ण व्यवसायीहरुलाई आफ्नो पसल / व्यवसायबाट फुटपाथ र सडकको आवागमनमा अवरोध नपुग्ने गरी मात्र व्यवसाय सञ्चालन गर्नुहुन यो सूचना मार्फत निर्देशन गरिन्छ।