बाँके । चाडपर्व लक्षित कार्ययोजना अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँके र यातायात व्यवस्था कार्यालय, बाँकेको संयुक्त आयोजनामा सम्भावित सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले अनुगमन गरिएको छ।
सो क्रममा लामो दूरीमा चल्ने ३५ वटा यात्रुवाहक सवारी साधनहरुको यान्त्रिक परीक्षण (Mechanical Test) गर्नुका साथै सवारी साधनको नियमित मर्मत सम्भार गर्न सम्बन्धित सवारी धनी र चालकहरुलाई सुझाव समेत दिइएको छ।