११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

सप्तकोशी नदीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन जना बेपत्ता,

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक १०, २०८३

 

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

२०८३ साल कात्तिक ८ गते करिब १४:०० बजे भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट बराहक्षेत्र–चतरा, सुनसरीतर्फ जाँदै गरेको OBM कम्पनीको पानीबोट ब्रेक फेल भई दुर्घटना भएको हो। पानीबोटमा चालकसहित १५ जना सवार थिए।

घटनालगत्तै *इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टी, सुनसरी*बाट प्रहरी टोली खटिई चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पठाइएकोमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

*मृतकहरु:*
१. सुनसरी, बराहक्षेत्र नगरपालिका-१ बस्ने अं. ५२ वर्षीया लिला राई
२. नाम, थर, वतन नखुलेकी बालिका, अन्दाजी ६/७ वर्षकी
३. नाम, थर, वतन नखुलेका पुरुष, अन्दाजी ४०/५० वर्षका

*उद्धार भई सकुशल रहेकाहरु:*
१. चालक सुनसरी, बराहक्षेत्र-१ बस्ने अं. २४ वर्षीय सुमन मगर
२. भोजपुर हतुवागढी-४ बस्ने अं. ४५ वर्षीय बिष्णु सुनार
३. भोजपुर हतुवागढी-४ बस्ने अं. ४२ वर्षीया तिर्था रसाईली सुनार
४. भोजपुर हतुवागढी-४ बस्ने अं. २५ वर्षीया पूजा तिरुवा
५. भोजपुर हतुवागढी-४ बस्ने अं. २२ वर्षीय प्रज्वल तिरुवा
६. भोजपुर हतुवागढी-४ बस्ने अं. २६ वर्षीय देबेन्द्र राई
७. भोजपुर हतुवागढी-४ बस्ने अं. २३ वर्षीय रञ्जित राई
८. झापा, कन्काई-४ बस्ने अं. २९ वर्षीया निता मगर
९. भोजपुर हतुवागढी-४ बस्ने अं. ३१ वर्षीय मोहन सुनार

*बेपत्ता:*
१. झापा, कन्काई-४ बस्ने अं. ७ वर्षीय शिवक मगर (निता मगरका छोरा)
२. सुनसरी, बराहक्षेत्र-१ बस्ने अं. २१ वर्षीया प्रमिला मगर
३. सुनसरी, बराहक्षेत्र-१ बस्ने अं. २२ वर्षीया मनु राई

बेपत्ता तीन जनाको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमाण्डमा १४ जना तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमाण्डमा १६ जना टोली परिचालन गरिएको छ।

बेपत्ताको खोजीका लागि नदी क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।

  दाङ । दशैंको अवसरमा दाङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको र २ जना सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ। गम्भीर घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे […]

एमाले सांसद साजिदा सिद्दिकीद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा छलफल *दाङ ।* नेकपा एमाले सांसद साजिदा सिद्दिकीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको समसामयिक विषयमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ।