२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

एआईजी बढुवामा सरकारलाई शकस अस्वस्थ्य स्पर्धाको म्याराथनमा डिआईजी पोख्रेल

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०६, २०७६

सुधारको नाममा प्रहरी ऐन नियमको खिल्ली उडाउँदै
पीसीसी बैठकबाट पारित हुनुपर्ने नीतिनियम दम्भका आडमा लागू
युरोपियन देखि अमेरीकाको युनको एफपीयू मिशनमा समेत तीन तहको मेस हुन्छ । जुन मेस नेपालकै हजारौं प्रहरी अधिकृतले प्रयोग गरेका छन् । मेसको एउटै होइन, खानाको गुणस्तरचाहिँ एउटै हुनुपर्छ ।
काठमाडौं नेपाल प्रहरीमा नयाँ प्रमुख प्रहरी महानिरिक्षक (आईजी)मा ठाकुरप्रसाद ज्ञवालीको नियुक्ति हुनासाथ अब नियुक्त हुने तीन अतिरिक्त महानिरिक्षक (एआईजी)को म्याराथन सुरु भएको छ ।
विगत १० बर्षयता नै विवादरहित अवस्थामा सरकारले २७औं आईजीमा ज्ञवालीलाई जिम्मेवारी दियो । एक नम्बरका डिआईजी ज्ञावलीलाई सरकारले आईजीमा नियुक्त गरे पनि एआईजी बढुवामा भने सरकार शकसमा परेको छ ।
तीन एआईजी पदका लागि ६ डिआईजी बढुवाको प्रतिस्पर्धामा मैदानमा छन् भने यता जुनीयर व्याचबाट अस्वस्थ्य प्रतिस्पर्धामा डिआईजी विश्वराज पोखरेल पनि मैदानमा उत्रिएका छन् । आफू भन्दा झण्डै एक बर्ष सिनियर डिआईजीलाई उछिनेर पोखरेल २८ औं प्रहरी महानिरक्षक बन्ने सपनामा छन् । ३ जना एआईजीका लागि नियमसंगत ६ डीआईजी प्रतिस्पर्धामा छन् । जसमध्ये तारिणी लम्साल र सूर्य उपाध्याय आईजी ज्ञवालीका ब्याची हुन् । उपाध्याय एसएसपीबाट डिआईजी हुँदा सातौं नम्बरमा बढुवा भएका कारण एआईजी बढुवामा उनको सम्भावना कम भएको स्रोत बताउँछ ।
तर गृहमन्त्रालले भने आईजी ज्ञावलीका व्याचका लम्साल र उपाध्यालाई एआईजी बनाउने र अर्को व्याचबाट शैलेश थापा वा हरि पाल मध्ये एकलाई एआईजी बनाएर २८ औं आईजी अहिले नै निश्चित गर्ने तयारीमा छ । एआईजीका दाबेदारहरू पाँच महिनापछि अबकाश पाउन लागेका डिआईजीलाई एआईजी बनाएर राज्यलाई भार पार्नु हुन्न भन्दै अहिले नै एआईजी बन्ने दौडमा लागेका छन् । एआईजीका दाबेदारहरूमा लम्साल र उपाध्याय पछि शैलेश थापा क्षेत्री, पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की मुख्य प्रतिस्पर्धी हुन् ।
उनीहरूमध्येबाट ३ जनालाई यही साता एआईजीमा बढुवा गर्ने तयारी भएको उच्च स्रोतले जानकारी दियो । उता शक्तिको दुरुपयोग गर्दै व्याचीलाई पछाडी पार्दै डिआईजी बनेका पोखरेल पनि एआईजी बन्न तिव्र दौडमा लागेका छन् । प्रहरी निरक्षक बन्दा ११ नम्बरमा रहेका पोखरेल डिएसपी हुदा १९ नम्बरमा पुगेका थिए भने एसपी हुँदा पाँच नम्बरमा आएका थिए ।
१९ नम्बरमा रहेका तत्कालिन एसपी पोखरेललाई बिजयकुमार गच्छादारको निगाहमा तत्कालिन गृह सचिव नबिन घिमिरेल पाँच नम्बरमा एसपी बनाएका थिए । उनै घिमिरे गृहसचिव रहेका बेलामा पोखरले मोरङको कमाण्ड सम्हाल्ने मौका पाएका थिए ।
हाल उनै तत्कालिन गृहसचिव घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख छन् । स्टेप बाई स्टेप आफू भन्दा दमदार प्रहरी अधिकृतलाई शक्तिको दुरुपयोग गर्दै पछाडि पार्दै आएका पोखरेल कांग्रेस सरकारको पालामा मुख्य सचिव लोकदर्शन रेग्मी मार्फत नेपाली कांग्रेसकी नेत्री तथा काग्रेस सभापती शेरबहादुर देउवा पत्नीको मन जितेर आफ्नो व्याचीलाई मात्र नभई सिनियर व्याचीलाई नै उछिनेर एक नम्बरमा एसएसपी बनेका थिए ।
२४ औं आईजी नियुक्तिमा विवाद हुँदा काय सम्पादन मुल्यांकन किर्ते प्रक्ररणमा तत्कालिन डिआईजी नवराज सिलवालबिरुद्ध मुद्दा चलाउँने वाचा तत्कालिन प्रधानमन्त्री शेरबाहादुर देउवासँग गरेर पोखरेल काठमाडौं परिसर आएका थिए । कासामु किर्ते प्रक्ररणमा तत्कालिन काठमाडौं प्रहरीका प्रमुख रवीन्द्र धानुकले पोखरेलको समेत बयान लिएका थिए । पछि सिलवाललाई मुद्दा चलाउने आधार नभएको भन्दै एसएसपी धानुकले अडान लिएपछि धानुकलाई तानेर पोखरेललाई काठमाडौं परिसरको जिम्मा दिइएको थियो ।
काठमाडौं खासै उपलब्धी मुलक काम केही गर्न नसकेका पोखरेल बालक निशान खड्का अपहरण मुद्दामा एसएमएस काण्डले विवादमा आएपछि परिसरबाट तानिएका थिए । परिसरमा हुँदा प्रहरी नियमावली विपरित पुरस्कार वितरण गरेर मिडियामा फालेको फण्डा पनि विवादमा आएपछि पुरस्कार बन्द भएको थियो । केही बैंकसँग मिलेर पोखरलले उत्कृष्ट प्रहरीलाई भन्दै आफ्नो चाकरी गर्ने प्रहरीलाई नगद पुरस्कार बितरण गर्ने फण्डा फालेका थिए । जुन प्रहरी ऐन नियम बिपरित थियो ।
एक बर्ष अगाडि काभ्रेमा डिआईजी सुशील भण्डारीको गाडी दुर्घटनामा मृत्यु भएपछि रिक्त एक डीआईजी पदमा पोखरलको बढुवा भएको थियो । उनीभन्दा सिनियर व्याचका एक दर्जनलाई पछि पार्दै पोखरेलको डिआईजी पदमा अस्वभाविक उदय गराइयो ।
डीआईजी पोखरेल आफूभन्दा जागिरमा दुई बर्ष सिनियर तथा डिआईजीमा ८ महिना सिनियरलाई पछि पार्दै एआईजीको दौडमा लागेका छन् । दुई महिना अगाडि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कार्यभार सम्हाल्दै डिआईजी पोखरेलले आफू मातहतलाई ब्रिफिङमा एउटै पदमा सिनीयर र जुनियर नहुने विवादीत अभिव्यक्ति दिए का थिए ।
‘फागुनको अन्तिममा धेरै सरहरूले अनिवार्य अबकास पाँउदै हुनुहुन्छ, त्यसबेला नेपाल प्रहरीमा एउटा ठूलो भ्याकुमा हुन्छ, त्यसबेला हामीले प्रहरीको अर्को ठूलो चुनौतीपूर्ण पदको जिम्मेवारी लिन पनि पर्न सक्छ’ भन्दै पोखरेलले चैतमै आफ्नो बढुवा हुने संकेत गरेका थिए ।
आयुक्तको कार्यलयमा आएपछि उनले आजसम्म कसैले नगरेको कामको थालनी गरेका छन् । नेपाल प्रहरीमा मात्र नभई युरोपियन प्रहरी होस् वा अमेरिकन सबै ठाँउमा मेसका सिस्टम तीन तहकै हुने प्रहरी अधिकृतहरू बताउँछन् । सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हबल्दार मेसको खानको गुणस्तरचाहिँ एकै हुन्छ ।
संयुक्त राष्ट्र संघ (युन)को एफपीयू मिसिनमा जाने हजारांै प्रहरी अधिकृतले पनि त्यहि मेस देखेर आएका छन् । एफपीयू मिशनमा पनि तीन तहकै मेस हुन्छ । यी कुराहरू प्रहरी संगठन र राज्यसँग जोडिएका हुँदा एक अधिकृतले यस्ता कुराहरू लागू गर्न नमिल्ने उच्च प्रहरी अधिकृतहरू बताउँछन् ।
प्रहरी ऐनमा नसमेटेका कुराहरू प्रहरीको पीसीसी बैठकबाट पारित गरी लागू गर्नुपर्ने हुन्छ । प्रहरीका सिपाही हबल्दारलाई सँगै खाना खुवाएर ठूलो उपलब्धी हुने होईन, तर सिपाही हब

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।