१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म

Logo
Abc Sanchar प्रकाशित बुधबार, कार्तिक १२, २०८३

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म

दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ।

नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङका अध्यक्ष दिनेश ओलीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको दररेटअनुसार तोरीको मह प्रतिकेजी ६०० रुपैयाँ, चिउरीको मह ७०० रुपैयाँ तथा सिसौ र रुदिलोको मह प्रतिकेजी ८०० रुपैयाँ निर्धारण गरिएको छ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन र नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको उपस्थिति थियो।

कार्यक्रममा अध्यक्ष ओलीले महको मूल्यमा एकरूपता कायम गर्न, उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय मह उपलब्ध गराउन र मौरीपालक किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्ने वातावरण बनाउन नयाँ दररेट सार्वजनिक गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “महको बिक्री वितरणमा एकरूपता नहुँदा किसान र उपभोक्ता दुवैलाई समस्या हुन सक्छ। त्यसैले महको प्रकारअनुसार मूल्य निर्धारण गरी सार्वजनिक गरेका छौँ। यसले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्न र उपभोक्तालाई पनि मूल्यबारे स्पष्ट जानकारी पाउन सहयोग पुग्ने विश्वास लिएका छौँ।”

महासंघले जिल्लाका सबै मौरीपालक किसानलाई सार्वजनिक गरिएको दररेटअनुसार महको बिक्री वितरण गर्न आग्रह गरेको छ। महको गुणस्तर, उत्पादनको प्रकृति र प्रकारअनुसार उपभोक्तालाई सही जानकारी दिएर बिक्री गर्नुपर्नेमा पनि महासंघले जोड दिएको छ।

मौरीपालन कृषि क्षेत्रको महत्वपूर्ण व्यवसाय भए पनि उत्पादनको बजारीकरण, मूल्य निर्धारण र बजार व्यवस्थापनमा किसानले विभिन्न चुनौती सामना गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा महको प्रकारअनुसार दररेट निर्धारण गर्दा किसानलाई आफ्नो उत्पादनको मूल्यबारे स्पष्टता हुने र उपभोक्तामा समेत विश्वास बढ्ने अपेक्षा गरिएको छ।

दाङमा मौरीपालन व्यवसायलाई व्यवस्थित, व्यावसायिक र उत्पादनमुखी बनाउन यस्ता पहल उपयोगी हुने सरोकारवालाहरूको विश्वास छ। महको उचित मूल्य, गुणस्तरको सुनिश्चितता र प्रभावकारी बजार व्यवस्थापन हुन सके मौरीपालक किसानको आयआर्जन वृद्धि हुनुका साथै स्थानीय कृषि उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

महासंघले सार्वजनिक गरेको नयाँ दररेटको प्रभावकारी कार्यान्वयनसँगै जिल्लामा उत्पादित महको बजार विस्तार र मौरीपालन व्यवसायको विकासमा सहयोग पुग्ने विश्वास लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा महिला प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यस्थलमा आइपर्ने समस्या, चुनौती, महिला प्रहरीको भूमिका र थप सशक्तिकरणका विषयमा छलफल गरिएको थियो।

  बाँके । नेपालगन्ज जमुनाहा भन्सार मुख्य नाकामा यात्रु शाखा कर्मचारीको चरम दुरुपयोग गरी लाखौंको सामान नेपाल भित्र्याइने गरेको सेटिङ जालो भत्किएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको विशेष मोबाइल गस्ती टोलीले जमुनाहा नाकाबाट नेपालगञ्जतर्फ जादै गरेका २ वटा पेट्रोल अटो (नम्बर ५०२२ र ५९५६) लाई रोकी चेकजाँच गर्दा […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार २०८३ कात्तिक ११ गते बिहान ११:३० बजे महेन्द्र पार्क नजिक बेवारिसे अवस्थामा रहेको सामान फेला परेको हो। प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको ५ जनाको टोलीले उक्त सामान बरामद गरी इलाका प्रहरी कार्यालयमा ल्याएको छ। प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य रु. २२ लाख ९२ हजार १०० रहेको […]