बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्र्याइएका एक लाख रुपैयाँभन्दा बढी मूल्यका पटाका बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज नजिकैको एक्लैनी क्षेत्रबाट जाँचका क्रममा ती पटाकाहरू बरामद गरिएका हुन्। तिहारलाई लक्षित गरी भारतबाट लुकिछिपी ल्याइएका पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका पटाकाहरू आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
चाडपर्वको समयमा अवैध पटाका आयात र बिक्रीमा निगरानी बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।