दाङ । बर्दियातर्फ जाँदै गरेको भे १ ख ४०५८ नम्बरको बस आज बिहान सामान्य दुर्घटनामा परेको छ।
जिल्ला प्रहरीका अनुसार बस दाङको राप्ती गाउँपालिका–५ लठ्ठहवा नजिक ट्रकलाई साइड दिने क्रममा सडकबाट बाहिरिएको थियो।
दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बसमा सवार यात्रुहरू सबै सकुशल रहेका छन्।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।