बाँके । जिल्लामा पछिल्लो तथ्यांक अनुसार ११९ जनामा एचआईभी संक्रमण फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले पुष्टि गरेको छ।
यो संख्या नियमित स्वास्थ्य परीक्षण र स्क्रिनिङका क्रममा पहिचान भएको हो। स्वास्थ्य कार्यालयका अनुसार पहिचान भएका सबैलाई परामर्श तथा उपचार सेवामा जोड्ने काम भइरहेको छ।
स्वास्थ्य कार्यालयले एचआईभी संक्रमण देखिएमा आत्तिनुपर्ने अवस्था नरहेको र नियमित औषधि (ART) सेवन गरेर सामान्य जीवनयापन गर्न सकिने जनाएको छ।
*सबैका लागि जानकारी:*
– एचआईभी हाच्छिउँ, सँगै बस्दा, खाना खाँदा वा हात मिलाउँदा सर्दैन।
– असुरक्षित यौन सम्पर्क, संक्रमित रगत र सुईको माध्यमबाट सर्ने जोखिम हुन्छ।
– शंका लागेमा नजिकको स्वास्थ्य संस्था वा ART सेन्टरमा गएर गोप्य रूपमा निःशुल्क परीक्षण गराउन सकिन्छ।