१८ कार्तिक २०८३, बुधबार
04-11-2026 , Wed
×

बाँकेको पिपरहवामा रहेको प्रहरी चौकी खडैचामा सामुदायिक अन्तरक्रिया कार्यक्रम

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १७, २०८३

 

बाँके । डुडुवा गाउँपालिका वडा नं. १ पिपरहवामा रहेको प्रहरी चौकी खडैचामा समुदाय-प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिई आउनुभएका प्रहरी निरीक्षक श्याम वि.क.को आयोजनामा भएको उक्त कार्यक्रममा डुडुवा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष, स्थानीय समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चोरी निकासी नियन्त्रण, लागूऔषध दुर्व्यसन रोकथाम, बाल विवाह नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा शान्ति सुरक्षा कायम गर्ने विषयमा छलफल गरिएको प्रहरी चौकी खडैचाका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर बिकले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा । गत असोज दोस्रो साता परेको अविरल वर्षापछि पाल्पाको ऐतिहासिक रानीमहल क्षेत्र क्षतविक्षत बनेको छ। वर्षासँगै माथिबाट आएको बराङ्दी खोलाले रानीमहल क्षेत्रमा रहेका अस्थायी होटल व्यवसाय लगायतका संरचना र स्याङ्जा जाने सडकमा ठूलो क्षति पुर्‍याएको छ। अहिले रानीमहल क्षेत्रमा बगर तथा बालुवा थुप्रिएको छ। स्थानीय बासिन्दा र पर्यटन व्यवसायीले सडक तथा अन्य पर्यटकीय […]

  काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीले ६ महिना कैद छुट पाउने भएका छन्। जेष्ठ नागरिक सम्बन्धी ऐन अनुसार उमेर ६५ वर्ष पुगेका कैदीबन्दीले पाउने २५ प्रतिशत कैद छुट दिन माग गर्दै रायमाझीका तर्फबाट ‘जेष्ठ नागरिकको सुविधा पाउँ’ भन्ने निवेदन दर्ता भएको थियो। कात्तिक १२ गते दर्ता भएको निवेदनमा शुक्रबार […]

  बाँके । नेपालगन्ज राष्ट्रिय जनमत पार्टीका नेता इर्फान अहमद सिद्दिकीले किसानको मुद्दामा कडा अभिव्यक्ति दिनुभएको छ। “पसिना किसानको, मुनाफा बिचौलियाको भन्ने अवस्था अब अन्त्य हुनुपर्छ। किसानहरुको हकहितको आवाज बुलन्द गरौं, बिचौलिया दलालहरुलाई समयमै निस्तेज गरौं,” नेता सिद्दिकीले भन्नुभयो। वास्तविक किसानले कहिल्यै पनि आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै उहाँले सरकारको अनुगमन फितलो हुँदा बिचौलियाहरू […]