बाँके । नेपालगञ्ज राष्ट्रिय जनमत पार्टी, नेपालगञ्जका नेता इरफान अहमद शेषले किसानहरूको हकहितको आवाज उठाइदिन तमाम पत्रकार, अधिकारकर्मी तथा सरोकारवालाहरूलाई हार्दिक अनुरोध गर्नुभएको छ।
उहाँले किसानमाथि अन्याय भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउनुभएको हो।
“किसानहरुको हकहितको आवाज उठाइदिन तमाम पत्रकारगण तथा अधिकारकर्मीगण लगायत सबैमा हार्दिक अनुरोध गर्दछु। यदि किसानलाई न्यायसंगत व्यवहार गरिएन भने हामी त्यस विरुद्ध आवाज उठाउन बाध्य हुनेछौं। इरफान अहमद शेष, नेता, राष्ट्रिय जनमत पार्टी, नेपालगञ्जका
नेता शेषले किसान नै देशको मेरुदण्ड भएको उल्लेख गर्दै किसानले पाउने मल, बीउ, सिंचाइ, उचित मूल्य र सम्मानजनक व्यवहारबाट बञ्चित हुन नहुने बताउनुभयो।
किसानको समस्या समाधानमा सम्बन्धित निकायले समयमै गम्भीरता नदेखाए पार्टीले चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत उहाँले दिनुभयो।
किसानको न्याय राष्ट्रिय जनमत पार्टी नेपालगञ्ज इरफान_अहमद शेष बाँके*