दाङ । समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरूप जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका थुनुवाहरूमा पठन संस्कृतिको विकास, ज्ञान तथा चेतनाको अभिवृद्धि र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले स्थापित *हिरासत पुस्तकालय*का लागि पुस्तक सहयोग प्राप्त भएको छ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव *सविन प्रियासन* र दाङ शाखाका अध्यक्ष *सन्तोष सुवेदी*द्वारा विभिन्न ज्ञानमूलक तथा प्रेरणादायी पुस्तकहरू सहयोग स्वरूप प्रदान गरिएको हो।
सहयोग प्रति जिल्ला प्रहरी कार्यालय दाङले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङले हिरासतमा रहेका व्यक्तिहरूलाई पुस्तक पढ्ने वातावरणले उनीहरूमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको छ।
दाङ_प्रहरी हिरासत_पुस्तकालय #समुदाय_प्रहरी_साझेदारी #पुस्तक_सहयोग*
—