१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

कोहलपुरबाट प्रहरीले १२ किलो चरेशसहित एक जना पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०८, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके फागुन ८ कोहलपुर १२ किलो चरेशसहित एकजना पक्राउ परेका छन् ।
पाँच नंम्बर प्रदेश प्रहरी अनुसन्धान व्यूरोको प्रहरीले बाँकेको कोहलपुर नगरपालिका १२ चपर गौडीबाट एक युवकलाई १२ किलो चरेशसहित नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।
प्रदेश प्रहरी अनुसन्धान व्यूरोका प्रमुख प्रहरी निरिक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटेको प्रहरी टोलीले कोहलपुर १२ का ३२ वर्षिय आकाश आरसीलाई बुधबार १२ किलो चरेश सहित नियन्त्रणमा लिएको हो । प्रहरीले युवकको साथबाट पहेलो वस्तुले प्याक गरेको अवस्थामा १२ प्याकेट चरेश बरामद गरेको थियो ।
आवश्यक अनुसंन्धानका लागि बरामद चरेश र आरसीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!