२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

कोहलपुरबाट प्रहरीले १२ किलो चरेशसहित एक जना पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०८, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके फागुन ८ कोहलपुर १२ किलो चरेशसहित एकजना पक्राउ परेका छन् ।
पाँच नंम्बर प्रदेश प्रहरी अनुसन्धान व्यूरोको प्रहरीले बाँकेको कोहलपुर नगरपालिका १२ चपर गौडीबाट एक युवकलाई १२ किलो चरेशसहित नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।
प्रदेश प्रहरी अनुसन्धान व्यूरोका प्रमुख प्रहरी निरिक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटेको प्रहरी टोलीले कोहलपुर १२ का ३२ वर्षिय आकाश आरसीलाई बुधबार १२ किलो चरेश सहित नियन्त्रणमा लिएको हो । प्रहरीले युवकको साथबाट पहेलो वस्तुले प्याक गरेको अवस्थामा १२ प्याकेट चरेश बरामद गरेको थियो ।
आवश्यक अनुसंन्धानका लागि बरामद चरेश र आरसीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!