०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट बधाई ज्ञापन

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०८, २०७६

सागर थापा
काठमाडौं फागुन ८ नेपाल प्रहरीको २७ औं आईजीपीमा नियुक्त हुनुभएका ठाकुर ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालयमा बधाइ दिनुभएको छ ।
नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएकोमा प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुले प्रहरी प्रधान कार्यालयमा भेटघाट गरी शुभकामना सहित हार्दिक बधाइ ज्ञापन गर्नुभएको हो ।
भेटघाटका अवसरमा उहाँहरुबीच शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने लगायतका विषयमा सुरक्षा निकायहरुबीच एक्यबद्ध भई अगाडि बढ्ने लगायतका विषयमा छलफल भएको थियो । नेपाल सरकारको नीति अनुरुप तोकिएको जिम्मेवारी बहन गर्ने क्रममा आपसी सहयोग, सदभाव र भाइचारा अभिवृद्धि गरी राष्ट्रिय हितका लागि समर्पित भई काम गर्ने प्रतिबद्धता उहाँहरुले व्यक्त गर्नुभयो ।
उक्त अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]