०२ मंसिर २०८३, बुधबार
18-11-2026 , Wed
×

अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसमा वित्तीय अपराधबारे कार्यशाला, IGP के.सी.द्वारा उद्घाटन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर ०१, २०८३

काठमाडौं ।* प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा आयोजित एक दिवसीय कार्यशाला गोष्ठीको समुद्घाटन गर्नुभएको छ।

“आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान: वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान” भन्ने नाराका साथ आयोजित उक्त कार्यशालाको मुख्य विषयवस्तु “वित्तीय अपराध अनुसन्धान: प्रमाण सङ्कलनदेखि फैसलासम्म” रहेको छ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकायका प्रतिनिधि, बैंक तथा वित्तीय संस्था एवं दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूलगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सोही अवसरमा प्रहरी महानिरीक्षकले “नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह – भाग ३” पुस्तकसमेत लोकार्पण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक के.सी.ले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग तथा यसबाट सिर्जित चुनौतीहरूलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको अवलम्बन अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

कार्यशालाबाट वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीहरूको वस्तुनिष्ठ विश्लेषण हुनुका साथै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन तथा न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपायहरू पहिचान हुने विश्वास व्यक्त गर्नुभयो।

साथै, वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सम्बन्धित सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीचको समन्वय, सहकार्य र सूचनाको प्रभावकारी आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँकेका आठवटै पालिकामा चुनाव लड्ने राष्ट्रिय जनमत पार्टीको घोषणा, २३ वटै वडामा इन्चार्ज तोकिए, बाँके । नेपालगञ्ज राष्ट्रिय जनमत पार्टीले बाँकेका आठवटै पालिकामा चुनाव लड्ने घोषणा गरेको छ। नेपालगञ्जमा पहिलो स्थापना दिवस मनाउँदै संरक्षक इरफान अहमद शेषले भने, “बाँकेका नागरिकको अधिकारका लागि पार्टी गठन गरेका हौँ, अब देशव्यापी बनाउँछौँ।” नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडामा वडा […]

नगर प्रमुखको उम्मेदवार बन्ने अन्तिम तयारीमा प्रियासन दाङ । स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्रै हुने तयारीसँगै घोराहीमा चुनावी गतिविधि तीव्र बन्न थालेका छन्। यसैक्रममा ‘घोराही बनाऔँ अभियान’का संयोजक सबिन प्रियासनले घोराही उपमहानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने तयारीसहित चुनावी अभियानलाई अगाडि बढाएका छन्। प्रियासनले आगामी निर्वाचनमा नगर प्रमुखको उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्दै […]

  अर्घाखाँची । सितगङ्गा नगरपालिका-९ का वडा अध्यक्ष भिम के.सी.ले चिसो मौसममा तातो घामसँगै सबैमा न्यानो सम्झना व्यक्त गर्नुभएको छ। चिसो बढ्दै गएको यो मौसममा सबैको स्वास्थ्य राम्रो रहोस्, घर-परिवारमा सुख, शान्ति र समृद्धि छाओस् भन्ने उहाँले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। *- भिम के.सी.* *वडा अध्यक्ष, सितगङ्गा-९, अर्घाखाँची*