नगर प्रमुखको उम्मेदवार बन्ने अन्तिम तयारीमा प्रियासन
दाङ । स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्रै हुने तयारीसँगै घोराहीमा चुनावी गतिविधि तीव्र बन्न थालेका छन्। यसैक्रममा ‘घोराही बनाऔँ अभियान’का संयोजक सबिन प्रियासनले घोराही उपमहानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने तयारीसहित चुनावी अभियानलाई अगाडि बढाएका छन्।
प्रियासनले आगामी निर्वाचनमा नगर प्रमुखको उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्दै मतदातासमक्ष समर्थन र मतका लागि आग्रह गरेका छन्। आज उनले सार्वजनिक रूपमा आफ्नो उम्मेदवारीको तयारीबारे जानकारी गराउँदै सम्पूर्ण नगरवासीलाई आफूलाई मतदान गर्न हार्दिक अनुरोध गरेका हुन्।
घोराहीको समग्र विकास, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर आफू चुनावी अभियानमा अघि बढेको उनको भनाइ छ।