काठमाडौं । पशु सेवा विभागले काठमाडौँ उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ।
ऐन कार्यान्वयनको पहिलो दिन आज करिब *२० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसी*को मासु परीक्षण गरी छाप लगाउने कार्य सुरु गरिएको विभागले जनाएको छ।
उपत्यकाका विभिन्न वधशालामा पशु चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा पशु तथा मासुको ‘एन्टिमोर्टम’ (वधपूर्व) र ‘पोस्टमोर्टम’ (वधपश्चात्) परीक्षण गरी स्वस्थ मासुमा मात्र छाप लगाउने व्यवस्था गरिएको छ।
*कहाँ-कहाँ सुरु भयो ?*
– बालाजुस्थित भ्याली कोल्डस्टोर
– टोखाका सिन्धु चिकेन र थ्रिस्टार फुड प्रालि
– मध्यपुर ठिमीको न्यु पञ्चकन्या सप्लायर्स
– टेकुको राँगाको मासु पसल
*खटिएका मासु निरीक्षक:*
– बालाजु : डा. कमलेश्वर भाट
– टोखा : डा. गौरीमान श्रेष्ठ र डा. जस्मिन अधिकारी- भक्तपुर : डा. पुजन सिंह कुँवर
– टेकु : डा. उदय लाल खत्री
जाँचका क्रममा मरेका पन्छी तथा अस्वस्थ मासु भेटिए तत्काल हटाउने र स्वस्थ मासुमा मात्र छाप लगाउने गरिएको विभागले स्पष्ट पारेको छ।
मासुमा छाप लगाउन प्रयोग गरिने मसी पूर्ण रूपमा *फुड ग्रेड (खानयोग्य)* भएकाले यसले मानव स्वास्थ्यमा कुनै नकारात्मक असर नगर्ने विभागको भनाइ छ।