१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

काठमाडौं बाट नेपालगन्ज आउने श्रीएअरको जहाजमा समस्या यात्रुलाई आपतकालीन ओरालियो

Logo
प्रकाशित शनिबार, फाल्गुण १०, २०७६

काठमाडौं फागुन १० नेपालगन्ज जाने तयारीमा रहेको श्रीएअरको जहाजबाट हतार हतार यात्रुहरुलाई आपतकालीन तरिकाले ओरालिएको छ।
काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेको श्री एयरलाइन्सको हवाई जहाजमा ‘गम्भीर समस्या’ आएको भन्दै अन्तिम समयमा उड्नबाट रोकिएको छ । शनिबार बिहान साढे आठ बजे सो हवाई जहाज नेपालगञ्ज उड्ने तयारीमा थियो ।
तर, एयर होस्टेसहरुले हवाई जहाजमा बसिसकेका यात्रुहरुलाई हतार-हतार ओरालेका छन् ।इन्जिन स्टार्ट गरेर पाइलटले विमानस्थल टावरबाट उड्ने अनुमतिसमेत लिइसकेका थिए । तर, एक्कासी एयर होस्टेजहरुले सिरियस प्रोबलम आयो छिटोछिटो ओर्लिनुस् भनेर हामीलाई ओराले,’ एक जना यात्रुले भने ।
कस्तो खालको प्राविधिक समस्या हो भन्नेबारेमा जानकारी भने दिइएको छैन । श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले प्राविधिक समस्या आएर उडान रोकिएको र मर्मतको काम भइरहेको जानकारी दिए।
उनले पनि केमा समस्या आएको हो भनेर खुलाउन चाहेनन् । मानन्धरले भने, ‘सुरक्षालाई त ध्यान दिनुपर्यो नि । त्यही भएर केहीबेर डिले भएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

दाङ । मानव समाजको विकाससँगै सामाजिक सेवाको अवधारणा पनि विकसित हुँदै आएको छ। मानिस केवल आफ्ना लागि मात्र होइन, समाजका अन्य सदस्यहरूको हितका लागि पनि जिम्मेवार हुन्छ भन्ने भावना नै सामाजिक सेवाको आधार हो। समाजमा रहेका असहाय, विपन्न, अशक्त, ज्येष्ठ नागरिक, बालबालिका तथा विभिन्न कारणले पछाडि परेका समुदायको जीवनस्तर सुधार गर्न गरिने निःस्वार्थ कार्यलाई सामाजिक […]

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

error: Content is protected !!