बाँकेका आठवटै पालिकामा चुनाव लड्ने राष्ट्रिय जनमत पार्टीको घोषणा, २३ वटै वडामा इन्चार्ज तोकिए,
बाँके । नेपालगञ्ज राष्ट्रिय जनमत पार्टीले बाँकेका आठवटै पालिकामा चुनाव लड्ने घोषणा गरेको छ।
नेपालगञ्जमा पहिलो स्थापना दिवस मनाउँदै संरक्षक इरफान अहमद शेषले भने, “बाँकेका नागरिकको अधिकारका लागि पार्टी गठन गरेका हौँ, अब देशव्यापी बनाउँछौँ।”
नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडामा वडा इन्चार्ज तोकिएको र संगठन विस्तारलाई तीव्र बनाइएको पार्टीले जनाएको छ। यसअघि २३ वटै वडाका इन्चार्जहरूलाई प्रशिक्षण दिइएको थियो।
*कार्यक्रममा सहभागी नेताहरू:*
– केन्द्रीय संरक्षक : इरफान अहमद शेष (बुलडोजर बाबा)
– केन्द्रीय सभापति : रियाज अहमद शेष
– महासचिव : राजा सिंह
– राष्ट्रिय उपाध्यक्ष : डा. राजेन्द्र प्रसाद गुप्ता (कार्यक्रम सञ्चालक)
– केन्द्रीय सदस्य : गफूर खाँ, रामनिवास साहु, राजेश बर्मा, नसीमुन जहाँ सेख, किताबुन निशा दर्जी राई, माझित हास्मी
– जिल्ला सभापति : हेजुल रहेमान खान
– महिला नेत्री : रिया पौडेल
– युवा नेता : रामनाथ मण्डल, सकिल हलवै, मङ्गल बढही