०४ मंसिर २०८३, शुक्रबार
20-11-2026 , Fri
×

आधारभूत तहका प्रहरीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क IGP केसीद्वारा उद्घाटन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर ०४, २०८३

 

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.को प्रमुख आतिथ्यमा “आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क” को समुद्घाटन सम्पन्न भएको छ।

उद्घाटनका अवसरमा प्रहरी महानिरीक्षकज्यूले नेपाल प्रहरीको CUG सेवामा आबद्ध कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका *५४ हजार १ सय २२ जना* प्रहरी कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि Google Form Link पठाउनुभएको थियो।

साथै, एक जना प्रहरी कर्मचारीसँग टेलिफोनमार्फत प्रत्यक्ष संवाद गरी उहाँको गुनासो सुन्नुभई डेस्कको औपचारिक शुभारम्भ गर्नुभएको थियो।

प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी स्थापना गरिएको यस डेस्कको प्रमुख उद्देश्य आधारभूत तहका प्रहरी कर्मचारीको पेसागत तथा सेवागत जीवनलाई थप सुरक्षित, सम्मानित, मर्यादित र न्यायोचित बनाउनु रहेको छ।

सम्बोधनका क्रममा प्रहरी महानिरीक्षकज्यूले आधारभूत तहका प्रहरी कर्मचारीले भोग्नुपरेका समस्या, कठिनाइ, असमान व्यवहार, विभेद तथा विविध गुनासाहरूको निष्पक्ष सुनुवाइ गरी समयमै उचित सम्बोधन गर्ने प्रभावकारी संयन्त्रका रूपमा कार्य गर्न डेस्कमा खटिएका प्रहरी अधिकारीहरूलाई निर्देशन दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । इलाका प्रहरी कार्यालय भालुवाङले अवैध रूपमा ढुङ्गा लोड गरेर लैजाँदै गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ। प्रहरीले नियमित चेकजाँचका क्रममा कागजात बिना ढुङ्गा लोड गरेको अवस्थामा ट्याक्टर फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको ट्याक्टर र चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ। अवैध उत्खनन् तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले चेकजाँचलाई […]

  काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.को प्रमुख आतिथ्यमा “आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क” को समुद्घाटन सम्पन्न भएको छ। उद्घाटनका अवसरमा प्रहरी महानिरीक्षकज्यूले नेपाल प्रहरीको CUG सेवामा आबद्ध कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका *५४ हजार १ सय २२ जना* प्रहरी कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि Google Form Link […]

  दाङ । घोराही नेपालको राजनीतिक स्थायित्व, लोकतान्त्रिक अभ्यास र आर्थिक समृद्धिका लागि निर्वाचन अपरिहार्य प्रक्रिया हो। निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष मात्र होइन, जनताको मतबाट जनप्रतिनिधि छनोट गर्ने र शासन व्यवस्थालाई जनउत्तरदायी बनाउने महत्वपूर्ण माध्यम पनि हो। तर निर्वाचन कहिले गर्ने भन्ने विषयले मुलुकको आर्थिक अवस्था, प्रशासनिक व्यवस्थापन र विकास निर्माणमा पार्ने प्रभावलाई पनि गम्भीरतापूर्वक […]

error: Content is protected !!