दाङ । इलाका प्रहरी कार्यालय भालुवाङले अवैध रूपमा ढुङ्गा लोड गरेर लैजाँदै गरेको ट्याक्टर नियन्त्रणमा लिएको छ।
प्रहरीले नियमित चेकजाँचका क्रममा कागजात बिना ढुङ्गा लोड गरेको अवस्थामा ट्याक्टर फेला पारी नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको ट्याक्टर र चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।
अवैध उत्खनन् तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले चेकजाँचलाई थप कडा बनाएको जनाएको छ।