काठमाडौं । कीर्तिपुरमा रहेको एक सिरक-डसना उद्योगमा भीषण आगलागी भएको छ।
आगलागीबाट उद्योगमा रहेको कच्चा पदार्थ, तयार सिरक-डसना, मेसिन तथा अन्य सामान जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीको कारण खुल्न सकेको छैन। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।