बाँके । नेपालगञ्ज सिख समुदायको महान् पर्व गुरु नानक जयन्तीको शुभअवसरमा नेपालगञ्ज गुरुद्वारा प्रबन्ध समितिले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा सहभागी हुँदै राष्ट्रिय जनमत पार्टीका संयोजक इरफान अहमद शेष उर्फ बुलडोजर बाबाले सम्पूर्ण सिख समुदायलाई आफ्नो तर्फबाट तथा राष्ट्रिय जनमत पार्टी परिवारको तर्फबाट हार्दिक शुभकामना तथा मुबारकबाद व्यक्त गर्नुभयो।
सो अवसरमा गुरुद्वारा समितिद्वारा उहाँलाई गमछा ओढाई स्वागत गरिएको थियो।
*#गुरु_नानक_जयन्ती #नेपालगञ्ज #राष्ट्रिय_जनमत_पार्टी #इरफान_अहमद_शेष*