दाङ । यस कार्यालयमा कार्यरत प्रहरी जवान सुनिल बुढा मगर सवारी दुर्घटनामा परी घाइते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङमा उपचाररत रहनुभएकोमा निजको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, दाङ तथा यस कार्यालय मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूबाट स्वेच्छिक सहयोगस्वरूप संकलित नगद *रु. ८२,५००/- (अक्षरेपी बयासी हजार पाँच सय रुपैयाँ)* एकमुष्ट रूपमा हस्तान्तरण गरिएको छ।
उक्त रकम यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेम बहादुर के.सी.ज्यूबाट निज प्रहरी जवान सुनिल बुढा मगरलाई हस्तान्तरण गरिएको हो।
घाइते प्रहरी जवानको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरिएको छ।