२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

भैरहवाको मुख्य सडकहरुमा सिसिटिभी क्यामेरा जडान

Logo
प्रकाशित मंगलबार, फाल्गुण १३, २०७६

(सिमा गुरुङ)
भैरहवा फागुन १३ रुपन्देहीको सदरमुकाम भैरहवामा सिसिटिभी क्यामेरा जडान गरिएको छ।आपराधिक गतिविधिलाई न्युनिकरण गर्न सिसिटिभी जडान गरीएको हो । भैरहवामा निजी क्षेत्रको अग्रसरतामा २१ लाख लगानी गरी नगरभित्र ३१ वटामा सिसिटिभी क्यामेरा जोडिएको हो । सिसिटिभी जडानको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिसिटिभी जडान उपभोक्ता समिति बनाएर सिसिटिभी जडान गरेको हो ।
सिसिटिभी डवल रे इन्जिनियरिङ एण्ड मल्टी सप्लायर्सले भैरहवाको अञ्चलपुरदेखि आँखा अस्पताल चोक, लुम्बिनी गेटदेखि मायादेवी फलफूल तरकारी बजार हुँदै बिपी पथ चोक र बजार क्षेत्र, मिलन चोक, विद्रोही चोकलगायत क्षेत्रमा जडान गरेको छ । सोमवार भैरहवा स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपभोक्ता समितीले सिसिटिभी जडान परियोजना हस्तान्तरण तथा सहयोगी संस्थाहरुलाई सम्मान कार्यक्रमको आयोजना गरि सिसिटीभी जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई हस्तान्तरण गरेको हो । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले सुरक्षाको दृष्टिकोणबाट महत्वपूर्ण मानिएको स्थानहरुमा सिसी क्यामेरा जडान भएकोले नगरपालिकाको सुरक्षामा सिसिटिभीले अहम भुमिका खेल्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी महादेव पन्तले पछिल्लो समयमा विभिन्न चोरी, डकैती लगायतका विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी उपकरणको रुपमा प्रयोग हुने भएको कारण सिसिटिभी शुरक्षा दृष्टीकोणले महत्वपुर्ण रहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा गाेली चलेकाे छ।लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गाेली चलेकाे प्रहरीले जनाएको छ। पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन्। अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन्।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

error: Content is protected !!