०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

भैरहवाको मुख्य सडकहरुमा सिसिटिभी क्यामेरा जडान

Logo
प्रकाशित मंगलबार, फाल्गुण १३, २०७६

(सिमा गुरुङ)
भैरहवा फागुन १३ रुपन्देहीको सदरमुकाम भैरहवामा सिसिटिभी क्यामेरा जडान गरिएको छ।आपराधिक गतिविधिलाई न्युनिकरण गर्न सिसिटिभी जडान गरीएको हो । भैरहवामा निजी क्षेत्रको अग्रसरतामा २१ लाख लगानी गरी नगरभित्र ३१ वटामा सिसिटिभी क्यामेरा जोडिएको हो । सिसिटिभी जडानको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिसिटिभी जडान उपभोक्ता समिति बनाएर सिसिटिभी जडान गरेको हो ।
सिसिटिभी डवल रे इन्जिनियरिङ एण्ड मल्टी सप्लायर्सले भैरहवाको अञ्चलपुरदेखि आँखा अस्पताल चोक, लुम्बिनी गेटदेखि मायादेवी फलफूल तरकारी बजार हुँदै बिपी पथ चोक र बजार क्षेत्र, मिलन चोक, विद्रोही चोकलगायत क्षेत्रमा जडान गरेको छ । सोमवार भैरहवा स्थित जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपभोक्ता समितीले सिसिटिभी जडान परियोजना हस्तान्तरण तथा सहयोगी संस्थाहरुलाई सम्मान कार्यक्रमको आयोजना गरि सिसिटीभी जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई हस्तान्तरण गरेको हो । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले सुरक्षाको दृष्टिकोणबाट महत्वपूर्ण मानिएको स्थानहरुमा सिसी क्यामेरा जडान भएकोले नगरपालिकाको सुरक्षामा सिसिटिभीले अहम भुमिका खेल्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी महादेव पन्तले पछिल्लो समयमा विभिन्न चोरी, डकैती लगायतका विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी उपकरणको रुपमा प्रयोग हुने भएको कारण सिसिटिभी शुरक्षा दृष्टीकोणले महत्वपुर्ण रहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]