१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

बुधबारबाट काठमाडौं कोटेश्वर सुर्यबिनायक सडकखण्डमा नयाँ नियम

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

महेन्द्र सिंह काठमाडौं
काठमाडौँ फागुन १४ कोटेश्वर सुर्यविनायक सडक खण्डमा हुने सवारी जामलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट नयाँ नियम लागु गरेको छ।
सवारी चापको व्यवस्थापनका लागि सो रुटमा आजबाट लेन सम्बन्धी नयाँ नियम लागू गरिएको हो।
आजदेखि विस्तारै हिँड्ने टिपर, ट्रक, बसलगायत ठूला मोटरलाई बायाँ लेनमा तथा छिटो गुड्ने मोटरसाइकल, कारलगायत सवारी दायाँ लेनमा गुडाउनु पर्ने महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिनुभयो।
सो सडकमा गुड्ने सवारी तथा हिँड्ने यात्रुले पूर्व जानकारी लिन चाहेमा ट्राफिक प्रहरीको कन्ट्रोल नम्बर १०३, फोन ०१–४२१९६४१, ४२२००६०, मेट्रो कन्ट्रोल १०० मा फोन गरेर पनि लिन सकिने ट्राफिक प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!