१६ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

रुकुमपूर्व अदालतमा सम्बन्ध विच्छेदका मुद्दाहरु धेरै

Logo
प्रकाशित बिहिबार, फाल्गुण १५, २०७६

रुकुम फागुन १५ यहाँको जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो सम्बन्धी ६० वटा मुद्दा दर्ता भएका र ती मध्ये ३३ फैसला भइसकेका जिल्ला अदालतका श्रेस्तेदार कुवेर पाण्डेले जानकारी दिए ।
उनका अनुृसार लागुऔषध चरेसका चार, अफिम र लेनदेनका दुईदुई, जबर्जस्ती करणीका चार, जबर्जस्ती करणी उद्योगमा एक, डाकाचोरीका तीन, हातहतियार खरखजना, सवारी ज्यान, करार बदर र जग्गा किचलोका एक-एक मुद्दा दर्ता भएका छन् ।
यस आर्थिक वर्षमा मात्र अदालतमा ८० नयाँ मुद्दा दर्ता भएको र १८ मुद्दा गत वर्षका जिम्मेवारी सरेर आएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश सनतचन्द्र लवटले अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदको समस्या धेरै आएकोे जानकारी दिए ।
बुधबार आयोजित पत्रकार भेटमा उनले वैदेशिक रोजगार, मदिरा सेवन, शारिरीक, मानसिक र समाजिक तनाव तथा कुटपिट सम्बन्धविच्छेदका मुख्य कारण रहेको बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!