०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
×

मापसे गरेर साइकल चलाए जेल बस्नुपर्ने नियम बनियो

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १६, २०७६

एबिसी संचार काठमाडाैं फागुन १६ जापान कडा कानून, अपराध नियन्त्रण तथा रोकथाम गर्ने नीति नियम तथा शिक्षा र चेतनाकै कारण जापान सुरक्षित देश बनेको छ । जापानमा मादक पदार्थ सेवन गरेर साइकल पनि चलाउन पाइँदैन । यदि कसैले रक्सी पिएर साइकल चलाएको पाइएमा जरिमाना तथा कैद सजायसमेत भोग्नु पर्दछ । हेडफोन कानमा लगाएर साइकल चलाउन, साइकल चलाउँदा फोनमा कुरा गर्न तथा पानी परेको बेला छाता ओडेर साइकल चलाउन पनि पाइँदैन । जापानमा रेलभित्र साइकल लैजान पनि पाइँदैन । ब्रेक बिग्रिएको साइकल चलाएको पाइएमा ५० हजार जापानी येन जरिमाना तिर्नुपर्दछ । यदि कसैले रक्सी पिएर साइकल चलाएको पाइएमा पाँच वर्षसम्म कैद र १० लाख येन जरिमाना तिर्नुपर्दछ । त्यस्तै पानी परेको बेला छाता ओडेर साइकल चलाएको पाइएमा तथा फोनमा कुरा गर्दै वा गीत सुन्दै साइकल चलाएको पाइएमा ५० हजार येनसम्म जरिमाना हुन सक्दछ । एउटा साइकलमा दुईजना चढ्न पनि बन्देज छ जापानमा । यदि एउटा साइकलमा दुईजना चढेको भेटिएमा २० हजार येनसम्म जरिमाना हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]