२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सर्वत्र कोरोना भाईरसको त्रास : सकिन थाल्यो औषधि

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण अत्यावश्यक औषधि अभाव हुने अवस्था आएको छ। नेपालमा उत्पादन नहुने औषधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन्। ‘आकस्मिक र अत्यावश्यक औषधिका हकमा सरकारले बेलैमा बुद्धि पुर्याउनुपर्छ,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले भने, ‘नभइनहुने औषधिको मौज्दात बढाउन कदम चाल्ने बेला आएको छ।’ उनले निजी क्षेत्रसँग मिलेर सरकारले काम थालिहाल्नुपर्ने बताए।
व्यवसायीका अनुसार औषधिको कच्चापदार्थ आयात झन्डै एक महिनादेखि ठप्प छ। औषधि व्यवस्था विभागमा तीन सय ८४ वटा औषधि उद्योग दर्ता छन्। तर यी कुनै पनि एलोपेथिक औषधि उत्पादकका लागि नेपालमा कच्चापदार्थ उत्पादन हुँदैन। औषधिको रसायन र ब्याक्टेरिया उत्पादन चिनियाँ कम्पनीले गर्ने गरेका छन्।
पछिल्लो प्रतिवेदनअनुसार संसारभरका ६३ प्रतिशतजति औषधि उत्पादक कम्पनी कच्चापदार्थका लागि चीनसँग आ िश्रत छन्। ब्याक्टेरियाका हकमा चीनको हिस्सा अझ मजबुत छ। नेपालमा झन्डै ८० प्रतिशत कच्चापदार्थ चीनबाट आयात हुने गरेको व्यवसायी बताउँछन्।
‘औषधि बनाउने कच्चापदार्थ र इन्टरमिडियट (कच्चापदार्थ उत्पादन गर्ने प्राथमिक रसायन) लगायतका धेरैजसो केमिकल चीनमा उत्पादन हुन्छ,’ देउराली जनता फर्मास्युटिकलका कार्यकारी निर्देशकसमेत रहेका शर्मा भन्छन्, ‘जुन क्षेत्रमा कोरोना फैलिएको छ, त्यही क्षेत्रमा यस्ता उद्योग धेरै छन्।’ कच्चापदार्थको उत्पादन गर्ने धेरैजसो चिनियाँ कम्पनी रहेका सांघाई, छेचियाङ, युहाङलगायतका क्षेत्र कोरोनाबाट बढी प्रभावित छन्। यसले गर्दा कच्चापदार्थको आपूर्तिमा अवरोध भएको छ।
यही कारण कच्चापदार्थको मूल्य बढ्न थालेको छ। यद्यपि नेपाली कम्पनीसँग करिब दुई महिना औषधि उत्पादन गर्न सक्ने कच्चापदार्थ मौजदात रहेको व्यवसायी बताउँछन्। ‘हाम्रो उत्पादन संरचनाले नै अहिले अर्डर गरेको सामान आउन २-३ महिना लाग्छ,’ शर्माले भने, ‘औषधि कम्पनीले २-३ महिनाका लागि पुग्ने कच्चापदार्थको मौज्दात राखेका हुन्छन्।’
कच्चापदार्थ आयात ठप्प भएको एक महिना बित्न लागेको छ। कच्चापदार्थ अभाव भए औषधिको मूल्य पनि बढ्ने व्यवसायी बताउँछन्।
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले केही साताअघि औषधि उत्पादकसँग छलफल गरिएको बताए। ‘उनीहरूले तीन महिनासम्म औषधि उपलब्ध गराउन सक्ने प्रत्याभूति दिएका छन्,’ उनले भने।
अत्यधिक गर्मी क्षेत्रमा पनि भाइरसको प्रकोप बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनले कहिलेसम्म नियन्त्रण गर्न सकिन्छ भन्ने पूर्वानुमान गर्नै नसकिने जनाएको छ।
भारतद्वारा औषधि निर्यातमा प्रतिबन्ध
भारत सरकारले मंगलबार अपराह्न २६ किसिमका औषधि निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। कोरोनो भाइरस संक्रमण बढ्दै गएको भन्दै आवश्यक पर्ने औषधि र औषधिमा प्रयोग हुने जैविक कण (एक्टिभ फर्मास्युटिकल्स इन्ग्रिडियन्ट-एपीआई) को निर्यात प्रतिबन्ध लगाएको हो। भारतीय औषधि उत्पादक कम्पनी ७० प्रतिशत एपीआई भनिने कच्चापदार्थको आयातका लागि चीनसँग निर्भर छन्। चीनबाट आयात रोकिएपछि भारतले यस्तो निर्णय गरेको हो।
पारासिटामोल लगायत औषधि निर्यातमा प्रतिबन्ध लगाउनुअघि भारतले उच्चस्तरीय समिति बनाएर चीनबाट आयात हुने अत्यावश्यक औषधिको सूची तयार पार्न लगाएको थियो। गत साता भारतको औषध विभागमा बुझाइएको प्रतिवेदनमा एमोक्सिलिन, मोक्सिफ्लोक्सेसिन, डक्सिसिलिनजस्ता एन्टिबायोटिक्सदेखि पारासिटामोल र टीबीका औषधिसम्मको लामो सूची समावेश थियो। ‘नयाँ घटनाक्रम विकास भएकाले हामी व्यवसायीसँग छलफल गर्छौं,’ विभागका सूचना अधिकारी केसीले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!