१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

निरीक्षक बस्नेतको सक्रियतामा बाईकको टंकीबाट ८ किलो अबैध चाँदी पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

सागर थापा /महेन्द्र सिंह
बाँके फागुन २२ वडा प्रहरीको सक्रियतामा ८ किलो ५ सय ग्राम चाँदी बरामद गरिएको छ। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरी बहादुर बस्नेत नेतृत्वको टोलीले नेपालगन्जबाट भारतीय नागरिक अलिब सलमानीलाई आज पक्राउ गरेको हो ।
समालीले युपी ३२ जेपी ३८८८ नम्बरको मोटरसाइकलको टंकीमा लुकाएर चाँदी तस्करी गरीरहेको सुचनाका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले बताए । पक्राउ परेका सलमानीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।
बस्नेतले नेपालगन्जको वडा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले पश्चात् नेपालगन्जमा स्थानीयले शान्ति सुरक्षाको आभास महसुस गर्दै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!