२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कपिलवस्तुको हुलाकी मार्ग निर्माणमा रहेको गाडीमा आगजनी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

कपिलवस्तु विजयनगर गाउँपालिकाको हुलाकी मार्ग अन्तर्गत लोहोरौलामा निर्माण भइरहेको सडकमा कार्यरत ४ वटा हेवी इक्प्युपमेन्ट र २ जीपमा अज्ञात समूहले गत राती आगजनी गरेका छन् । आगजनीबाट सो सडक निर्माणको जिम्मेवारी पाएको शर्मा एण्ड कम्पनीको २ वटा स्काभेटर, २ वटा ब्याक हु लोडर र २ वटा वोलेरो पीक अप जीप क्षति भएका छन् ।
विजयनगर गाउँपालिका वडा नं. २ लोहरौला स्थित साइट अफिसमा पार्किङ गरी राखिएका एउटा स्काभेटर, २ वटा ब्याक हु लोडर र २ वटा बोलेरो पीक अफ जीप करीब १ बजे आगजनी गरेका हुन् । उनीहरुले साइट अफिसमा रहेका कर्मचारीका कोठाको बाहिरबाट चुक्कुल थुनेर आगजनी गरेको प्रहरीले जनाएको छ ।
यसै गरी शिवराज नगरपालिका-९ तुरुन्तपुरमा निर्माणाधीन सडक किनारमा राखिएको स्काभेटर सोही समयमा आगजी गरिएको गणेशपुर इलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक मधु नेपालले बताए ।
आगजनी स्थलमा कारवाही किन ? भन्दै नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु लेखिएको एक पर्चा भेटिएको प्रहरीले जनाएको छ । भेटिएको पर्चामा काममा गुणस्तर नभएको, शर्मा एण्ड कम्पनीले आफ्नो पार्टीको सुराकी गरेको र काम गर्ने सन्दर्भमा स्थानीयलाई मुआब्जा प्रदान प्रक्रिया पुरा नगरी काम सुरु गरेको जस्ता आरोप लगाइएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । आगलागीबाट ६ वटै निर्मान गरेको हो !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!