२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सुनसान सौराहा कोरोना भाइरसको कारण पर्यटक आवागमनमा कमी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

सौराहा : पर्यटनका लागि उपयुक्त मानिएको सिजनमा पर्यटन व्यवसाय सुनसान छ। यहाँका होटल पर्यटकविहीन भएका छन्। कोरोना भाइरसको त्रासले पर्यटन व्यवसाय प्रभावित बनेको छ।
जनवरीदेखि वर्षाअघिको समयलाई पर्यटनको पहिलो सिजनका रुपमा लिइन्छ। अघिल्लो वर्ष यो समयमा ८० प्रतिशत पर्यटक हुन्थे। तर अहिले मुस्किलले १५ प्रतिशत मात्रै पर्यटक छन्। व्यवसायी चिन्तित छन्। सौराहाको होटल सेन्ट्रल पार्कका सञ्चालक श्याम महतले व्यवसाय नाजुक अवस्थामा पुगेको बताए।
होटलमा लगानीको ऋणको भार परेको व्यवसयीको गुनासो छ। ‘बुकिङ भन्दा दिनहुँ क्यान्सिल मात्रै भएको छ’, महतले भने, ‘स्टाफ पाल्न नसक्ने अवस्थामा छांै। सरकारले पर्यटन व्यवसायीका लागि राहत प्याकेज नदिए व्यवसाय नै धरापमा पर्नेछ।’
सौराहा, पटिहानी, जगतपुर र मेघौलीका होटल सुनसान छन्। चितवन आउने पर्यटकमध्ये ४० प्रतिशत चिनियाँ हुन्छन्। कोरोनाभाइरसका कारण चिनियाँ टोली आउन छोडे। अन्य मुलुकका पनि आउन कम भएको छ। अहिले केही आन्तरिक पर्यटकमात्र आएका छन्। भारतीय र युरोपेली पर्यटक फाट्टफुट्ट छन्।
धमाधम बुकिङ रद्द भएको व्यवसायीले बताए। मार्च, अप्रिल र मेसम्म गरिएको बुकिङ रद्द भएको क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए।
चितवनमा चरा हेर्न बाह्यपर्यटक आउँछन्। मौसमका कारण पनि चरा हेर्न उपयुक्त हो। चितवन आउने पर्यटकमध्ये चरा हेर्नकै लागि चार प्रतिशत आउँछन्। चराविद् बासु बिडारीका अनुसार यो चरा हेर्ने सिजन हो। जाडो र गर्मी छल्न आउने चरा यो बेला एकैसाथ देखिन्छ। तर चरा हेर्ने पर्यटक आएनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]