पाल्पा फागुन २३ तानसेन नगरपालिका(७, लामीडाँडाँमा ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन–७, का ५५ वर्षीय मधु श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकल चालक हिमाल श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ। तानसेन बाट बुटवल जाँदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाईकललाई सोही दिशामा गएको लु २ ख ३१७८ नम्बरको ट्रिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।