०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

रुकुमबाट नेपालगन्ज जादै गरेको फोर्स बस दुर्घटना हुँदा ९ जना घाइते

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके फागुन २५ राप्तीसोनारी गाउँपालिका अन्तर्गत पुर्ब पश्चिम राजमार्गमा फोर्स बस दुर्घटनामा हुँदा ९ जना घाइते भएका छन् ।
दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको छ। रुकुमबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३२५५ नम्बरको फोर्सलाई नेपालगन्जबाट काकडभित्ता जाँदै गरेको ना ६ ख ५०७० बसले आज दिउसो ३:३० बजे अगैया र जिरोको बिचमा ठक्कर दिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख पडिएसपी कुल दिप चन्दले जानकारी दिनुभएको छ।
घाइतेहरुलाई उपचारका लागि कोहलपुर पठाएको छ। फोर्स बसमा १३ जना सवार रहेको कोहलपुर प्रहरीले जानकारी दिएको छ। साईड दिने क्रममा ठक्कर दिएर अगाडी बढेको बसलाई ईप्रका प्रहरी कुसुमले नियन्त्रण लिई छलफल पछी बसलाई छोडेको ईप्रका कुसुमका प्रमुख लक्ष्मण डागीले बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.को प्रमुख आतिथ्यतामा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई “मानव अधिकार सम्बन्धी कानुन कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका” सम्बन्धी १ दिने अनुशिक्षण तालिम सम्पन्न भएको । साथै उक्त अनुशिक्षण तालिममा यस कार्यालयका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठबाट सहजीकरण भएको थियो ।

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङले घोराही उप-महानगरपालिका वडा नं. १४ स्थित रहेको १९ नम्बर बाहिनीमा सैन्य आधारभुत तालिमरत प्रशिक्षार्थीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङका ट्राफिक प्रमुख निरीक्षक उपेन्द्र बहादुर बमले सवारी दुर्घटना तथा सडक नियम पालना सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिनु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ […]

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई […]

error: Content is protected !!