०८ आषाढ २०८२, सोमबार
23-06-2025 , Mon
×

SLC को प्रश्नपत्र ७६ जिल्लामा पुर्याइयो सुरक्षा ब्यबस्था कडाई

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडाैं अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का प्रश्नपत्र पटक–पटक आउट भएपछि यस वर्ष थप सुरक्षाको व्यवस्था गरिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – ६ चैतबाट सुरु हुने एसइई परीक्षाका प्रश्नपत्र ६ तहमा सुरक्षा व्यवस्था गरी जिल्लामा पठाएको छ । अहिले काठमाडौंबाहेक ७६ जिल्लामा एसइईका प्रश्नपत्र पुगेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले अघिल्लो वर्ष प्रदेश २ मा प्रश्नपत्रहरू बाहिरिएकाले थप सुरक्षा व्यवस्था गरेको बताए ।
अघिल्ला वर्षमा एउटा कपडाको थैलोमा विषयअनुसार प्लास्टिकभित्र राख्ने गरिएको थियो । यसपटक प्रत्येक विषयको प्रश्न प्लास्टिकले र्याप गरी लाहाछाप लगाएर फेरि कपडाको थैलोमा राखेर लाहाछाप लगाइएको छ । खकुरलेका अनुसार योपटक ६ तहमा प्रश्नपत्रको सुरक्षा व्यवस्थापन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । कैलाली जिल्ला कारागारमा रहस्यमय मृत्यु भएका डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीको घटना छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली धनगढीमा खटिएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा एक टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । उक्त टोलीमा एसपी, डिएसपी, इन्स्पेक्टर तथा सीआईबीका अधिकारीहरू छन् […]

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बिभिन्न सवारी साधनहरु तीब्र गती तथा स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण हुनुका साथै समाजमा सडक प्रयोगकर्ताहरु असुरक्षित भएकोले उक्त किसिमका कार्य तथा सवारी दुर्घटना न्यूनिकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमको उपस्थितीमा घोराही क्षेत्रका बिभिन्न सवारी साधनहरुका वर्कशप तथा सो-रुमका सँचालकहरुको […]

दाङ । गढवा गाउँपालिका वडा नं. १ मलमलामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमहरूको संकलन तथा छनोटका लागि अन्तरक्रिया कार्यक्रम तथा वडा भेला सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको […]

error: Content is protected !!