११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

नेपाल प्रहरीका डीएसपीहरुको काज सरुवा कोको का पुगे

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

(सागर थापा)
काठमाडौं प्रहरी प्रधान कार्यालयले केही प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी बृत्त बौद्धको जिम्मेवारी दिइएको छ । बौद्धमा कार्यरत डीएसपी रमेशबहादुर सिंह र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत डीएसपी प्रतितसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयमा खटाइएको छ ।
भर्खरै युएन मिसनबाट फर्किएका डीएसपी भरत श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रौतहट र मदन कुँवरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही खटाएको स्रोतले जानकारी दियो ।
उपत्यकाको आकर्षक तथा चुनौतीपूर्ण मानिने बौद्ध सरुवा भएका डीएसपी कार्की पुर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलम पक्राउको क्रममा फिल्डमा खटिएका अधिकृत हुन् । त्यस अगाडी वडा प्रहरी कार्यालय बैदाम कास्कीको कमाण्ड सम्हालिसकेका उनी व्यावसायिक अधिकृतको रुपमा परिचित छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!