११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

नेपाल प्रहरीका डीएसपीहरुको काज सरुवा कोको का पुगे

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

(सागर थापा)
काठमाडौं प्रहरी प्रधान कार्यालयले केही प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी बृत्त बौद्धको जिम्मेवारी दिइएको छ । बौद्धमा कार्यरत डीएसपी रमेशबहादुर सिंह र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत डीएसपी प्रतितसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयमा खटाइएको छ ।
भर्खरै युएन मिसनबाट फर्किएका डीएसपी भरत श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रौतहट र मदन कुँवरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही खटाएको स्रोतले जानकारी दियो ।
उपत्यकाको आकर्षक तथा चुनौतीपूर्ण मानिने बौद्ध सरुवा भएका डीएसपी कार्की पुर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलम पक्राउको क्रममा फिल्डमा खटिएका अधिकृत हुन् । त्यस अगाडी वडा प्रहरी कार्यालय बैदाम कास्कीको कमाण्ड सम्हालिसकेका उनी व्यावसायिक अधिकृतको रुपमा परिचित छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

error: Content is protected !!