१७ जेठ २०८१, बिहिबार
30-05-2024 , Thu
×

प्रेस लेखेको मोटरसाइकल दुरुपयोग गरि लागू औषध तस्करी पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

बारामा ९ सय थान पिस लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरण अगाडि बाटोबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पर्सा विरगन्ज महानगरपालिका–१५ का ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारत विहार बस्ने वर्ष २२ को नासिर आलम छन् । जितेन्द्रले प्रेस लेखिएको ना ६२ प ६२६७ न.को मोटरसाइकल चलाएका थिए ।
जितेन्द्र र नासिरले गरेको कुराकानी प्रहरीलाई शंकास्पद लागेपछि मोटरसाइकल जाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट अवैध लागु औषध डाइजेपाम ३०० (तीन सय) पिस, नुफिन ३०० (तीन सय) पिस, फेनारगन ३०० (तीन सय) पिस गरी ९०० (नौ सय) थान बरामद भएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(रोशन निधि) बारा । जिल्लाको १६ पालिका मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम सबैभन्दा बढी देखिएको छ भने परवानीपुर गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । १६ वटा पालिका रहेको बारामा सिम्रौनगढ नगरपालिका बाहेकको अन्य १५ पालिकाको कुल बेरुजु रकम ७३ करोड ४७ लाख ३६ हजार रुपैयाँ रहेको छ ।भने महालेखा प्रतिवेदनमा सिम्रौनगढ नगरपालिकाको विवरण उल्लेख […]

(ABC-Sanchar) काठमाडौं । न्युरोड क्षेत्रको पैदलमार्ग विस्तार गर्ने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध बुधबार पनि स्थानीयसहित जनप्रतिनिधिले विरोध गरेका छन् । बिहान ७ बजे नै करिब दुई सय नगर प्रहरीको दलबलसहित काम गर्न पुगेको निर्माण कम्पनी स्थानीयको विरोधपछि फर्किएको छ । उक्त क्षेत्रमा निर्माण कम्पनीलाई काम गर्न नदिन स्थानीयसहित जनप्रतिनिधिले २४सै घन्टा पहरेदारी गरिरहेका छन् । वडा नम्बर २२ का […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा.डा. मधु दिक्षित देवकोटाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा […]