३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

उत्तर कोरियामा कोरोना भाइरसबाट २ सयजना सेनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडाैं सयौको संख्यामा उत्तर कोरियाली सेनाको कोरोनाभाइरसबाट ज्यान गएको र अन्य हजारौलाई क्वारेन्टाइनमा राखिएको बिजनेस इनसाइडलरले जनाएको छ । तर अन्यका लागि गोप्यन रहेको यो मुलुकका नेता विश्वव्यापी महामारी आफ्नो मुलुकमा प्रवेश नगरेको आधिकारिक भनाईलाई जोड दिँदै आएका छन् ।
एक दक्षिण कोरियाली समाचार संस्था डेली एनकेले कोभिड–१९ भाइरसले जनवरी र फेब्रुअरीमा १८० उत्तर कोरियाली सेनाको मृत्यु भएको र अन्य ३७०० लाई क्वारेन्टाइनमा राखिएको उल्लेख गरेको छ ।
दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार उत्तर कोरियाले कोरोनाभाइरसको त्रासका कारण १०,००० मानिसलाई क्वारेन्टाइमा राखेको तर लक्षण नदेखिएकाले झन्डै ४००० लाई मुक्त गरेको उल्लेख गरेको छ ।
तर विश्व समुदायबाट बन्द जस्तै रहेको उत्तर कोरियाली सरकारको लाइन परिवर्तन भएको छैन । यसले देशमा पैmलिएको कोरोनाको बारेमा पारदर्शी सूचना जारी गर्ने गरेको छैन । यो संक्रमणको रोग आफ्नो मुलुकमा हालसम्म पनि विस्तार नभएको उत्तर कोरियाली सरकार नियन्त्रित रोडाङ अखबारले सोमबार जनाएको न्यूजविकले प्रकाशित गरेको छ ।
सोमबारसम्म विश्वभरी गरेर कोरोनाभाइरसले १ लाख १० हजार मानिससलाई संक्रमित पारिसकेको छ र ४ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

एजेन्सी ।अमेरिकाका उपराष्ट्रपति जेडी भान्स इरानसँग शान्ति वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाकिस्तान आइपुग्दै छन्। बीबीसीका अनुसार उनको विमान एयर फोर्स टु इन्धन भर्न फ्रान्सको राजधानी पेरिसमा रोकिएको छ। शुक्रबार साँझ पाकिस्तान प्रस्थान गर्नुअघि भान्सले पत्रकारहरूलाई भने, ‘यदि इरान राम्रो विश्वासका साथ वार्ता गर्न इच्छुक छ भने हामी पनि खुला हृदयले अगाडि बढ्न इच्छुक छौँ।’ तर सँगसँगै उनले […]

error: Content is protected !!