०८ आषाढ २०८२, सोमबार
23-06-2025 , Mon
×

उत्तर कोरियामा कोरोना भाइरसबाट २ सयजना सेनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडाैं सयौको संख्यामा उत्तर कोरियाली सेनाको कोरोनाभाइरसबाट ज्यान गएको र अन्य हजारौलाई क्वारेन्टाइनमा राखिएको बिजनेस इनसाइडलरले जनाएको छ । तर अन्यका लागि गोप्यन रहेको यो मुलुकका नेता विश्वव्यापी महामारी आफ्नो मुलुकमा प्रवेश नगरेको आधिकारिक भनाईलाई जोड दिँदै आएका छन् ।
एक दक्षिण कोरियाली समाचार संस्था डेली एनकेले कोभिड–१९ भाइरसले जनवरी र फेब्रुअरीमा १८० उत्तर कोरियाली सेनाको मृत्यु भएको र अन्य ३७०० लाई क्वारेन्टाइनमा राखिएको उल्लेख गरेको छ ।
दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार उत्तर कोरियाले कोरोनाभाइरसको त्रासका कारण १०,००० मानिसलाई क्वारेन्टाइमा राखेको तर लक्षण नदेखिएकाले झन्डै ४००० लाई मुक्त गरेको उल्लेख गरेको छ ।
तर विश्व समुदायबाट बन्द जस्तै रहेको उत्तर कोरियाली सरकारको लाइन परिवर्तन भएको छैन । यसले देशमा पैmलिएको कोरोनाको बारेमा पारदर्शी सूचना जारी गर्ने गरेको छैन । यो संक्रमणको रोग आफ्नो मुलुकमा हालसम्म पनि विस्तार नभएको उत्तर कोरियाली सरकार नियन्त्रित रोडाङ अखबारले सोमबार जनाएको न्यूजविकले प्रकाशित गरेको छ ।
सोमबारसम्म विश्वभरी गरेर कोरोनाभाइरसले १ लाख १० हजार मानिससलाई संक्रमित पारिसकेको छ र ४ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

मंगलबार बिहान चीनको सिचाङ तिब्बतमा गएको भूकम्मा परी ५३ जनाको मृत्यु काठमाडौं । चीन क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन्। मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ। आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको […]

error: Content is protected !!