३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

कोरोनाबाट बच्न भन्दै रक्सी पियुने ३६ जनाको मृत्यु २७० को उपचार इरानमा

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

कोरोनाभाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ इरानीहरूको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ। देशको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाज शहरमा उक्त घटना घटेको हो। उक्त समाचारका अनुसार ‘मिसावटयुक्त त्यस्तो रक्सी पिउने अवस्था त्यसले कोरोनाभाइरसबाट बचाउँछ भन्ने हल्लाकाबीच भएको थियो।’ सात जना पक्राउ आइआरएनएसँगको अन्तर्वार्तामा अभाज जोन्डी सपुर युनिभर्सिटीका प्रवक्ता डाक्टर अली इसानपोरले भने: “अहिलेसम्म २७० जना उपचारका लागि देशका अस्पतालमा भर्ना भएका छन्।” आइआरएनमै सहायक सार्वजनिक अभियोजनकर्ता अली विरनभन्दलाई उद्धत गर्दै त्यस्तो रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको जनाइएको छ। कोरोनाभाइरसको सङ्क्रमणबाट ठूलो असर पुगेको इरानमा एक दिनमै मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ। इरानको पछिल्लो अवस्था इरानमा २४ घण्टामा धेरै मृत्यु भएको यो अहिलेसम्मकै उच्च सङ्ख्या हो। यससँगै इरानमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २९१ पुगेको छ। नयाँ सङ्क्रमण थप ८८१ जनामा देखिएसँगै इरानमा सङ्क्रमितको सङ्ख्या ८,०४२ पुगेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!