२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

शिकार खेल्न आफैँले बाेकेकाे बन्दुक पड्किँदा एकजना घाइते

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

दैलेख जंगलमा शिकार खेल्न आफैँले बाेकेर गएकाे भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । नौमूले गाउँपालिका–२ निरगाका २८ वर्षीय बिर्षबहादुर शाही आफैँले बोकेको बन्दुक पड्केर घाइते भएका हुन् ।
प्रहरीकाे शंका
दाहिने हातको हत्केला छेडेर दाहिने खुट्टाको साप्रामा गोली लागेकोले आफैँले बोकेको बन्दुक पड्किएको भन्नेमा शंका पैदा भएकोले थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो ।
निरगाबाट झण्डै ४ घण्टाको पैदल दूरीमा रहेको चुकेढाण भन्ने जंगलमा गोली लागेलगतै अपरान्ह दैलेख जिल्ला अस्पतालमा पुर्याइएका शाहीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको डा. जगत थापाले जानकारी दिनुभयो ।
घाइतेको जीउमै गोली रहेकोले गोली निकाल्न र हत्केलाको हड्डी छियाछिया भएको कारण ‘अर्थोपेडिक मेनेज्मेण्ट’का लागि घाइतेलाई सुर्खेत पठाइएको डा. थापाले बताउनुभयो । एक्स–रे गरेर हेर्दा साँप्रामा गोली अड्किएको र हत्केलाका हड्डीहरु छियाछिया भएको देखिएको उहाँले जानकारी दिनुभयो ।
जीप रिजर्भ गरेर घाइतेलाई उपचारका लागि दैलेख अस्पताल ल्याएका आफन्त समेत भागेको कारण प्रहरीले घटनालाई शंकास्पद भनेको छ । स्थानीयका अनुसार बिर्षबहादुरलाई गोली लाग्दा त्यहाँ ६ जना सिकारी थिए ।
अनुमति नलिइएको भरुवा बन्दुकबाट गोली लागेको कारण यो घटनालाई गाउलेहरुले लुकाउन खोजेको बुझिएको छ । दैलेखका केही गाउँमा अनुमति नलिइएको भरुवा बन्दुकले सिकार खेल्दा र स-साना विवादमा गोली चल्दा पटक पटक मानिसहरुको ज्यान जानेसम्मका घटनाहरु हुने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्। अमेरिका र इजरायल समर्थित गाजा […]

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो। साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि […]

  इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु […]

error: Content is protected !!