१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

शिकार खेल्न आफैँले बाेकेकाे बन्दुक पड्किँदा एकजना घाइते

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

दैलेख जंगलमा शिकार खेल्न आफैँले बाेकेर गएकाे भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । नौमूले गाउँपालिका–२ निरगाका २८ वर्षीय बिर्षबहादुर शाही आफैँले बोकेको बन्दुक पड्केर घाइते भएका हुन् ।
प्रहरीकाे शंका
दाहिने हातको हत्केला छेडेर दाहिने खुट्टाको साप्रामा गोली लागेकोले आफैँले बोकेको बन्दुक पड्किएको भन्नेमा शंका पैदा भएकोले थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो ।
निरगाबाट झण्डै ४ घण्टाको पैदल दूरीमा रहेको चुकेढाण भन्ने जंगलमा गोली लागेलगतै अपरान्ह दैलेख जिल्ला अस्पतालमा पुर्याइएका शाहीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको डा. जगत थापाले जानकारी दिनुभयो ।
घाइतेको जीउमै गोली रहेकोले गोली निकाल्न र हत्केलाको हड्डी छियाछिया भएको कारण ‘अर्थोपेडिक मेनेज्मेण्ट’का लागि घाइतेलाई सुर्खेत पठाइएको डा. थापाले बताउनुभयो । एक्स–रे गरेर हेर्दा साँप्रामा गोली अड्किएको र हत्केलाका हड्डीहरु छियाछिया भएको देखिएको उहाँले जानकारी दिनुभयो ।
जीप रिजर्भ गरेर घाइतेलाई उपचारका लागि दैलेख अस्पताल ल्याएका आफन्त समेत भागेको कारण प्रहरीले घटनालाई शंकास्पद भनेको छ । स्थानीयका अनुसार बिर्षबहादुरलाई गोली लाग्दा त्यहाँ ६ जना सिकारी थिए ।
अनुमति नलिइएको भरुवा बन्दुकबाट गोली लागेको कारण यो घटनालाई गाउलेहरुले लुकाउन खोजेको बुझिएको छ । दैलेखका केही गाउँमा अनुमति नलिइएको भरुवा बन्दुकले सिकार खेल्दा र स-साना विवादमा गोली चल्दा पटक पटक मानिसहरुको ज्यान जानेसम्मका घटनाहरु हुने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

error: Content is protected !!