०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

विप्लव समुहद्वारा मदिरा सेवनमा प्रतिबन्ध

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

कालिकोटमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालीकोट जिल्लामा मदिरा सेवनमा प्रतिबन्ध लगाएको जनाएको छ। विप्लव नेकपाले समानान्तर सरकार रहेको दाबी गर्दै आएको छ। उक्त पार्टीको भेरी–कर्णाली स्वायत्त प्रदेश, जनपरिषद् कालीकोटले प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा स्टिकर लगाइएका र घरेलु दुवैखाले मदिरा उत्पादन, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ। जिल्ला जनपरिषद् कालीकोटका प्रमुख अर्जुन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा सरकारले दिन–प्रतिदिन सामाजिक विकृति र विसङ्गतिका रूपमा रहेको जाँडरक्सी र जुवातासलाई नियन्त्रण गर्नुको साटो स्थानीय उत्पादनका रूपमा रहेका घरेलु उद्योगलाई विस्थापित र अरू विदेशी स्टिकरवाला रक्सी खरिदबिक्रीलाई वैधानिकता दिन लाइसेन्स वितरण गरेर विकृतिलाई प्रोत्साहन दिइरहेकाले समाजमा युवकयुवतीहरूलाई सामाजिक विकृतिमा फस्न बाध्य पारेकाले प्रतिबन्ध लगाउनुपरेको उल्लेख छ। विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आजभन्दा एक वर्षअगाडि हाम्रो पार्टी र युवा सङ्गठनको नेतृत्वमा भएको जाँडरक्सी, जुवातास नियन्त्रण अभियानबाट जनताले शान्ति, अमनचैन र सामाजिक सद्भाव कायम भएको अनुभूति गरिरहेको बेला विभिन्न बहानाबाजी गरी पुनः समाजलाई विकृतियुक्त समाजतिर धकेल्ने कार्य भयो । यी सबै कुरालाई ध्यान दिँदै जिल्ला जनपरिषद् कालीकोटले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी बाहिरबाट आयात हुने स्टिकरवाला मदिरा र घरेलु मदिरालाई अबको दिनबाट सेवन र बेचबिखन नगर्न र नगराउन यसै प्रेस विज्ञप्तिमार्फत कालीकोटबासी सम्पूर्ण उद्यमी, व्यवसायी र सम्पूर्ण कालीकोटबासी आमा, बुवा दाजुभाइ, दिदीबहिनीहरूमा अनुरोध गर्दछौँ । अन्यथा उत्पन्न हुने क्षति र आउने समस्याको जिम्मेवारी स्वयम् हुने कुरा जानकारी गराउँछौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!