२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

विप्लव समुहद्वारा मदिरा सेवनमा प्रतिबन्ध

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

कालिकोटमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालीकोट जिल्लामा मदिरा सेवनमा प्रतिबन्ध लगाएको जनाएको छ। विप्लव नेकपाले समानान्तर सरकार रहेको दाबी गर्दै आएको छ। उक्त पार्टीको भेरी–कर्णाली स्वायत्त प्रदेश, जनपरिषद् कालीकोटले प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा स्टिकर लगाइएका र घरेलु दुवैखाले मदिरा उत्पादन, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ। जिल्ला जनपरिषद् कालीकोटका प्रमुख अर्जुन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा सरकारले दिन–प्रतिदिन सामाजिक विकृति र विसङ्गतिका रूपमा रहेको जाँडरक्सी र जुवातासलाई नियन्त्रण गर्नुको साटो स्थानीय उत्पादनका रूपमा रहेका घरेलु उद्योगलाई विस्थापित र अरू विदेशी स्टिकरवाला रक्सी खरिदबिक्रीलाई वैधानिकता दिन लाइसेन्स वितरण गरेर विकृतिलाई प्रोत्साहन दिइरहेकाले समाजमा युवकयुवतीहरूलाई सामाजिक विकृतिमा फस्न बाध्य पारेकाले प्रतिबन्ध लगाउनुपरेको उल्लेख छ। विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आजभन्दा एक वर्षअगाडि हाम्रो पार्टी र युवा सङ्गठनको नेतृत्वमा भएको जाँडरक्सी, जुवातास नियन्त्रण अभियानबाट जनताले शान्ति, अमनचैन र सामाजिक सद्भाव कायम भएको अनुभूति गरिरहेको बेला विभिन्न बहानाबाजी गरी पुनः समाजलाई विकृतियुक्त समाजतिर धकेल्ने कार्य भयो । यी सबै कुरालाई ध्यान दिँदै जिल्ला जनपरिषद् कालीकोटले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी बाहिरबाट आयात हुने स्टिकरवाला मदिरा र घरेलु मदिरालाई अबको दिनबाट सेवन र बेचबिखन नगर्न र नगराउन यसै प्रेस विज्ञप्तिमार्फत कालीकोटबासी सम्पूर्ण उद्यमी, व्यवसायी र सम्पूर्ण कालीकोटबासी आमा, बुवा दाजुभाइ, दिदीबहिनीहरूमा अनुरोध गर्दछौँ । अन्यथा उत्पन्न हुने क्षति र आउने समस्याको जिम्मेवारी स्वयम् हुने कुरा जानकारी गराउँछौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!