२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

घाटले मानेन् कोरोनाबाट ज्यान गएकी महिलाको अन्तिम संस्कार

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

कोरोना भाइरसको संक्रमणबाट ज्यान गएकी महिलाको अन्तिम संस्कार गर्न घाटले अस्वीकार गरेको छ। भारतको दिल्लीको शुक्रबार कोरोना भाइरसको संक्रमबाट एक महिलाको ज्यान गएको थियो। कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएकी महिलालाई दिल्लीस्थित निगमबोध बोध घाटले अन्तिम संस्कारका लागि अस्वीकार गरेको पारिवारीक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शुक्रबार कोरोनाबाट मृत्यु भएका महिलाको अन्तिम संस्कारका लागि परीवार शव लिएर निगमबोध घाट पुगे। तर घाटले अन्तिम संस्कारका लागि अस्वीकार गरिदियो। महिलाकी एक आफन्तका अनुसार जब घाटका प्रमुखलाईं फोन गरेर स्थितीका बारेमा अवगत गराइयो तब घाटका प्रमुखले आफूले अन्तिम संस्कार गर्न नसक्ने बताउँदै शव लिएर आज अनुमति दिए। त्यसपछि उक्त खबर चौतर्फी फैलिन थालेन थाल्यो। समाचारको प्रभाव परेपछि मात्र घाटले अन्तिम संस्कारका लागि अनुमति दिएको समाचारमा जनाइएको छ। दिल्लीको राम मनोहर लोहिया अस्पतालमा शुक्रबार कोरोना भाइरसबाट महिलाको ज्यान गएको छ। ती महिलासहित भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!