२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यतामा ५ दिने उद्धघोषण तथा पत्रकारीता तालिम सुरु

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

कपिलवस्तु चैत १
कपिलवस्तुको चन्द्रौटामा पाँच दिने उद्धघोषण तथा पत्रकारीता तालिम सुरु भएको छ । शिवराज नगरपालिकाको सहयोग तथा राज’ मिडिया प्रालिको आयोजनामा उक्त तालिम सुरु भएको हो । तालिमको उद्धघाटन शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले गर्नुभएको छ ।
उद्धघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरका गतिविधिहरुलाई निगरानी गर्ने काम पत्रकारको रहेको बताउनुभयो । गलत कामलाई खबरदारी गरि सहि कामलाई प्रचार गर्ने जिम्मा पनि संचारकर्मीहरुको रहेकोले पत्रकारहरु गम्भीर बन्नुपर्ने बताउनुभयो ।
नगरले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रमहरु राखेको हुदाँ ति कार्यक्रममा सहभागी हुन पनि आग्रह गर्नुभयो । “देशको चौथो अंग भनेर पत्रकारलाई चिनिन्छ” उहाँले भन्नुभयो “सत्य तथ्य बुझेर समाचार सम्प्रेशण गर्नुहोस, । ”
कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले पत्रकारीतामा केहि चुनौतिहरु रहेपनि जनताले पत्रकारहरुलाई विश्वास गर्ने बताउनुभयो । अहिले तिन वटै सरकारलाई झकझकाउने काम पत्रकारहरुले गरेको भन्दै सत्य तथ्यको आधारमा पत्रकारीता गर्न सुझाव दिनुभयो । स्थानिय स्तरमा विषयगत पत्रकारीता गर्न आवश्यक रहेको भन्दै पत्रकारहरुले व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर मिया,वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डे,राष्ट्रिय मानव अधिकारी प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णु खतिवडाले पत्रकारीतालाई थप गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका थिए । ५ दिन सम्म चल्ने उक्त तालिममा समाचार लेखन तथा वाचन शैलि,उद्धघोषक,रेडियो कार्यक्रम संचालन,शव्द चयन लगाएतका विषयमा प्रशिक्षण दिईने स्युराज’ मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्वासेले बताउनुभयो । तालिमको उद्धघाटन स्युराज’ मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्वासेको अध्यक्ष , नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा शरद अधिकारीको स्वागत र माधव बेल्वासेको संचालनमा सम्पन्न भएको हो । तालिममा ५५ जनाको सहभागिता छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!