०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यतामा ५ दिने उद्धघोषण तथा पत्रकारीता तालिम सुरु

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

कपिलवस्तु चैत १
कपिलवस्तुको चन्द्रौटामा पाँच दिने उद्धघोषण तथा पत्रकारीता तालिम सुरु भएको छ । शिवराज नगरपालिकाको सहयोग तथा राज’ मिडिया प्रालिको आयोजनामा उक्त तालिम सुरु भएको हो । तालिमको उद्धघाटन शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले गर्नुभएको छ ।
उद्धघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरका गतिविधिहरुलाई निगरानी गर्ने काम पत्रकारको रहेको बताउनुभयो । गलत कामलाई खबरदारी गरि सहि कामलाई प्रचार गर्ने जिम्मा पनि संचारकर्मीहरुको रहेकोले पत्रकारहरु गम्भीर बन्नुपर्ने बताउनुभयो ।
नगरले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रमहरु राखेको हुदाँ ति कार्यक्रममा सहभागी हुन पनि आग्रह गर्नुभयो । “देशको चौथो अंग भनेर पत्रकारलाई चिनिन्छ” उहाँले भन्नुभयो “सत्य तथ्य बुझेर समाचार सम्प्रेशण गर्नुहोस, । ”
कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले पत्रकारीतामा केहि चुनौतिहरु रहेपनि जनताले पत्रकारहरुलाई विश्वास गर्ने बताउनुभयो । अहिले तिन वटै सरकारलाई झकझकाउने काम पत्रकारहरुले गरेको भन्दै सत्य तथ्यको आधारमा पत्रकारीता गर्न सुझाव दिनुभयो । स्थानिय स्तरमा विषयगत पत्रकारीता गर्न आवश्यक रहेको भन्दै पत्रकारहरुले व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर मिया,वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डे,राष्ट्रिय मानव अधिकारी प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णु खतिवडाले पत्रकारीतालाई थप गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका थिए । ५ दिन सम्म चल्ने उक्त तालिममा समाचार लेखन तथा वाचन शैलि,उद्धघोषक,रेडियो कार्यक्रम संचालन,शव्द चयन लगाएतका विषयमा प्रशिक्षण दिईने स्युराज’ मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्वासेले बताउनुभयो । तालिमको उद्धघाटन स्युराज’ मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्वासेको अध्यक्ष , नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा शरद अधिकारीको स्वागत र माधव बेल्वासेको संचालनमा सम्पन्न भएको हो । तालिममा ५५ जनाको सहभागिता छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!