२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

गुण्डा नाईके श्रेष्ठविरुद्ध महानगरिय प्रहरी परिसरले पक्राउ पुर्जी जारी

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

काठमाडौं महलमा श्रेष्ठले बाहुबली देखाउदै आतंक मच्चाए पछि प्रहरी प्रशासनले उस उपर पक्राउ पुर्जी जारी गरेका हो।निज श्रेष्ठले ‘पुलिस प्रशासन सबैलाई पैसाले किनेको छु, के गर्न सक्छस गर’ भन्दै काठमाण्डौ मलमा रहेको फेसियल हाउसले चर्चदै आएको बाटोमा फ्ल्याग लगेर ठोक्दै ‘यहा जो आउछ त्यसको छातिमा किला ठोक्छु’ भन्दै फेसियल हाउसकी संचालक सुश्मा महरालाई धम्क्याएको थियो । यसरी ज्यादतीमा उत्रे पछि प्रहरीले उस उपर कार्वाही अगाडि बढाएको हो ।
गुण्डा श्रेष्ठले यसअघि महरा उपर झुटा प्रचारबाजी गर्दै मानमर्दन गरेको थियो । काठमाडौं उद्योग वाणिज्य संघकी कोषाध्यक्ष समेत रहेकी महरा विरुद्ध बिषवमन गर्दै लेडि डनसम्म लेखाउन उ सफल भएको थियो । तर अहिले आएर उसले विगतमा छरेको भ्रम चिरिएसंगै उ प्रशासनको फन्दामा परेको छ ।
प्रकाश श्रेष्ठको पृष्ठभुमी
प्रकाश कुमार श्रेष्ठले केही बर्ष अघिसम्म सामाखुसी क्षेत्रलाई आधार बनाई गुण्डा गर्दी गर्दै आएको थियो । उसले दिन दाहडै मान्छे कुट्ने, धम्काउने र मिडिया तथा प्रहरी प्रशासनलाई गुमराहमा पारी आफू अनुकुल काम गर्ने गर्थ्यो । गुण्डागर्दीमा लागे पनि उसले आफुलाई ब्यापारी भन्ने गर्दथ्यो । ७१ साल तिर श्रेष्ठ डन दिनेश अधिकारीसंग मिलेर ठेक्का पट्टाको काम गर्ने गर्दथ्यो । तर डन चरीको ईनकाउन्टर पछि भने उ अर्को डन कुमार घैटे भन्ने कुमार श्रेष्ठको ग्याङसंग नजिक भएर ठेक्का पट्टाको काम गर्न थाल्यो । घैटे पनि प्रहरी ईनकाउन्टरमा मारिए पछि केहिसमय अलप भयो । तर पछि खुलेआम रुपमा फेरि गुण्डा गर्दीमा सकृय रहयो । यस माझमा उसले हैसियत भन्दा ज्यादा सम्पत्ति जोडयो । श्रेष्ठसंग भएको सामाखुसीको आलिसान घर र लाखौ पर्ने गाडी कताबाट आयो त्यसको स्पस्टसँग स्रोत खुलेको छैन ।
उसलाई नजिकबाट चिन्ने स्रोतका अनुसार चरी र घैटेको ईन्काउन्टरले गुण्डा श्रेठलाई चिठ्ठा परेको हो । श्रेष्ठले यी दुबै डनहरुको पैसा कुम्ल्याउन भ्यायो । श्रेष्ठले गुण्डागर्दी बाटै सम्पत्ति आर्जन गर्न सक्ने देखेर यहि पेशालाई निरन्तरता दियो । र त्यस क्रममा उसको आखा सामाखुसी एरिया पछि राजधानीकै मुटुमा रहेको संचयकोषले निर्माण गरेको भवन काठमाण्डौं मलमा पर्यो । भवन कब्जा गर्न दाउ खोजेर बसेको श्रेष्ठ संचयकोष भवन काठमाण्डौं मल घोटला काण्डवारे भण्डाफोर गरीरहेका पत्रकार उज्वलजंग शाहलाई फिल्मी शैलीमा आक्रमण गरी शाहले लगाएको ६ तोला सुन समेत लुटी केहिसमय प्रशासनलाई समेत गुमराहमा राख्न सफल रहयो । त्यसपछि हौसिएको उ काठमाडौं मलमा मनपरी हप्ता उठाउन थाल्यो । कतिसम्म भने पैसा नझरे मल भित्र आवतजावतमा बाधा पुर्याउने हिसाबले मानिस हिड्ने बाटोमा समेत किला ठोकेर बन्द गर्न थाल्यो ।
केहि वर्ष अगाडीसम्म सामान्य क्याबिन रेष्टुरेन्टमा एकाउन्टेनको काम गर्ने श्रेष्ठ र उसको श्रीमती रश्मिला श्रेस्ठ नेपाल चाइना स्किन केयरमा ३५ सयको तलब खाएर काम गर्दै ढल्कुमा २ कोठा भाडामा लिई डेरा गरि बस्दै आएका थिए । अहिले उसको आर्थिक हैसियत तुलना नै गर्न नमिल्ने गरि आकाशिएको छ । यसरी गुण्डा नाइके श्रेष्ठले अवैध ढंगले जोडेको सम्पत्तिको स्रोतका बारेमा समेत खोजबिन गर्ने तयारीमा सरकारी निकाय जुटेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!