२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोरोना बारे बाँकेमा सुरक्षा सीमावर्ती अधिकारीहरुको बैठक बस्दै

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

महेन्द्र सिंह
बाँके नेपालगञ्ज भारतले रुपैडिहा नाका बन्द गर्ने चर्चाका बीच आइतबार सीमावर्ती अधिकारीहरुको बैठक बस्दैछ ।
नेपाल र भारतका सीमावर्ती अधिकारीहरुको नियमित बैठक भएपनि यसपाली नाका क्षेत्रमा कोरोना भाइरसको जोखिमका बारेमा चर्चा हुने भएको हो । बर्दियाको ठाकुरद्वारामा बैठक बस्दैछ । भारतले आइतबार रातीदेखि रुपैडिहा नाका बन्द गर्ने चर्चाका बीचमा बसेको अधिकारीहरुको बैठकले एउटा सन्देश दिने विश्वास गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नियमित बैठक भएपनि कोरोना भाइरसका बारेमा छलफल हुने बताउनुभयो । उहाँले नाका बन्दको बास्तविकताबारेमा समेत भारतीय अधिकारीहरुसँग छलफल गर्ने बताउनुभयो । यद्यपि, नाका बन्द गर्ने र खोल्ने निर्णय केन्द्रीय सरकारले गर्छ ।
बैठकमा बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका अधिकारीहरु सहभागी हुँदैछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!