३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

बाँके ट्राफिक प्रमुख:बम सडक लेन अनुशासन सिकाउँदै सडकमा

Logo
प्रकाशित सोमबार, चैत्र ०३, २०७६

सागर थापा/महेन्द्र सिंह
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक लेन अनुशासन सम्बन्धि प्रशिक्षण अभियान सोमबार देखि सुरु गरेको छ । पछिल्लो समय बाँके जिल्लामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवारी चालकहरुलाई सडक लेन सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरिएको छ ।
नेपालगन्ज कोहलपुर सडक अलावा जिल्लाका बिभिन्न राजमार्गमा हुने सवारी दुर्घटनाका कारण मानबिय तथा भौतिक क्षती हुने क्रम बढेपछि सडक लेन सम्बन्धी चेतनामुलक कार्यक्रम संचालन गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभएको छ ।
बाँके ट्राफिक प्रहरीले नेपालगंज उपमहानगर पालिका वडा न. २० स्थित कोहलपुर नेपालगंज सडक खण्ड अन्र्तगत राझा चोकमा सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले ४१० जना सवारी चालक परिचालक तथा सडक प्रयोगकर्ता हरुलाई सचेतना गराइएको थियो ।
बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक बमले पहिलो चरणमा चालक, सहचालक र पैदल यात्रुहरुलाई लेन सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने र दोस्रो चरणमा सचेतनाका साथै सडक लेन सम्बन्धी नियम पालना नगरेको खण्डमा जरीवाना समेत गरिने बाँके ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!