२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

डाँगीमाथि खुकुरी प्रहार गरि हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

एबिसी क्राईम ब्युरो
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नामिनगर निवासी २४ बर्षीय हिरा डाँगीमाथि खुकुरी प्रहार गरि हत्या गरेको अभियोगमा प्रहरीले तीन युवाहरुलाई पक्राउ गरेको छ । तुलसीपुर ६ गोलौरा निवासी २३ बर्षीय अनुप बस्नेत, २२ बर्षीय सुशील बस्नेत र २५ बर्षीय अमिक खड्का पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता चक्रडम्मर पालले जानकारी दिए ।
उनीहरु सबैलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा गाउँमा लुकिछिपी बसेको अवस्थामा सोमवार बेलुका ७ बजेतिर इप्रका तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगी नेतृत्वको टोलीले पक्राउ गरेको थियो । स्थानीयले भने आरोपित युवाहरुले प्रहरी समक्ष आफैं आत्मसर्मपन गरेको बताएका छन् ।
प्रहरी निरिक्षक पालका अनुसार डाँगीमाथि खुडा प्रहार गर्ने मध्यका एकजना तुलसीपुर १० नयाँ गाउँ निवासी २४ बर्षीय कस्मिर डन्डन भने फरार रहेका छन् । टन्डनले रा ३ प ६३९६ नम्वरको १५० सिसीको निलो पल्सर मोटरसाईकल समेत लगेर फरार भएको प्रहरीले जारी गरेको बक्तव्यमा उल्लेख छ ।
प्रहरीले टन्डनको खोजी तीब्र पारेको तथा नेपाल–भारत सीमानाका लगाएतका छिमेकी जिल्लाहरुमा समेत हुलिया पठाइएको इप्रकाका प्रबक्ता पालले जानकारी दिएका छन् । खुडा प्रहारवाट गम्भीर घाइते डाँगीको बाँकेवाट हेलिकोप्टर चार्टर गरि काठमान्डौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सोमवार विहान साढे १२ बजेतिर तुलसीपुर ६ गोलौरामा डाँगीमाथि खुडा प्रहार भएको ईलाका प्रहरी तुल्सीपुरले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!