२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरी पनि ३० वर्षे सेवाहदको मारमा

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

(एबिसी क्राईम ब्युरो)
काठमाडौं शान्तिसुरक्षा, तस्करी नियन्त्रण र मुलुकको सीमा रक्षामा सक्रिय सशस्त्र प्रहरी बलमा बेलाबेला राजनीतिक छायाँ पर्दा त्यसको नकारात्मक प्रभाव अनुभूत गर्न थालिएको छ । खासगरी सशस्त्र प्रहरी बलमा रहेका अधिकृतहरुको मनोबल खस्कने गरी राजनीतिक तहबाट हुने हस्तक्षेप र वृत्ति विकासका क्षेत्रमा गरिने भेदभावले ठूलो प्रभाव पार्न थालेको हो ।
अनिवार्य अवकाशका लागि ३० वर्षे सेवा हद कायम राखिंदा कतिपय क्षमतावान अधिकृत निराश भएर फर्कनु पर्ने बाध्यता छ । त्यसको प्रत्यक्ष असर सशस्त्र प्रहरीको पछिललो कामकारवाही र परिणामले समेत देखाउने गर्छ । गतवर्ष मात्र सशस्त्र प्रहरीको एआईजीबाट जबरजस्त सेवानिवृत्त भएका जानकीराज भट्टराई र सुबोधकुमार अधिकारी लगायतको पीडा कम मार्मिक छैन ।
सरकारले एआईजीको दरबन्दी कटौती गर्दा भट्टराई र अधिकारीसहितका पाँचजना होनहार अफिसरले समय नै नपुगी घर फर्कनु प¥यो । ५२ – ५५ वर्षको उमेरमा धेरै दक्षता, क्षमता र अनुभवले खारिएका प्रहरी अधिकृतले आफ्नो क्षमता प्रयोग गर्न नै पाएनन् । यो हाम्रो लागि ठूलो बिडम्बना हो पूर्वएआईजी भट्टराईले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!