२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरी पनि ३० वर्षे सेवाहदको मारमा

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

(एबिसी क्राईम ब्युरो)
काठमाडौं शान्तिसुरक्षा, तस्करी नियन्त्रण र मुलुकको सीमा रक्षामा सक्रिय सशस्त्र प्रहरी बलमा बेलाबेला राजनीतिक छायाँ पर्दा त्यसको नकारात्मक प्रभाव अनुभूत गर्न थालिएको छ । खासगरी सशस्त्र प्रहरी बलमा रहेका अधिकृतहरुको मनोबल खस्कने गरी राजनीतिक तहबाट हुने हस्तक्षेप र वृत्ति विकासका क्षेत्रमा गरिने भेदभावले ठूलो प्रभाव पार्न थालेको हो ।
अनिवार्य अवकाशका लागि ३० वर्षे सेवा हद कायम राखिंदा कतिपय क्षमतावान अधिकृत निराश भएर फर्कनु पर्ने बाध्यता छ । त्यसको प्रत्यक्ष असर सशस्त्र प्रहरीको पछिललो कामकारवाही र परिणामले समेत देखाउने गर्छ । गतवर्ष मात्र सशस्त्र प्रहरीको एआईजीबाट जबरजस्त सेवानिवृत्त भएका जानकीराज भट्टराई र सुबोधकुमार अधिकारी लगायतको पीडा कम मार्मिक छैन ।
सरकारले एआईजीको दरबन्दी कटौती गर्दा भट्टराई र अधिकारीसहितका पाँचजना होनहार अफिसरले समय नै नपुगी घर फर्कनु प¥यो । ५२ – ५५ वर्षको उमेरमा धेरै दक्षता, क्षमता र अनुभवले खारिएका प्रहरी अधिकृतले आफ्नो क्षमता प्रयोग गर्न नै पाएनन् । यो हाम्रो लागि ठूलो बिडम्बना हो पूर्वएआईजी भट्टराईले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]