०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

बेबो र रमेशको मस्ती चुडामणिको अटोरिक्सा बजारमा सार्वजनिक

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

झापाको बिर्तामोडमा रहेको सुर्योदय टेलिभिजनका समाचार प्रमुख तथा मोडल रमेश तिवारी र मोडल बन्दना आर्चाय(बेबो) द्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
बिर्तामोडमा सोमबार एक कार्यक्रमका बीच हलेसी टेड्र लिंकका प्रबन्धक चुडामणि पौडेलको ‘अटो रिक्सामा’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको हो । बिर्तामोडका युवा ब्यवसायी पौडेलले दर्जनबढी गितको रचना गरिसकेका छन् ।
गायक सन्तोष शिवाको स्वरमा रहेको म्युजिक भिडियोमा टिका भण्डारीको संगित रहेको छ । निर्माता पौडेलको रचनामा तयार पारिएको म्युजिक भिडियोको निर्देशन शंकर कोइरालाले गरेका हुन् । भिडियोलाई झापा, काठमाडौँ र चितवनका विभिन्न भूगोलमा छायाङ्कन गरिएको बताइएको छ ।
भिडियोमा मोडल तिवारीलाई अटो ड्राइभरको रुपमा देख्न सकिन्छ । विदेशिएर दुःख गर्नुभन्दा नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश म्युजिक भिडियोमार्फत दिइएको छ । भिडियोमा रमेश र बन्दनाको प्रेमलाई झल्काइएको छ ।
तेह्रथुमको छातेढुङ्गामा जन्मिएका तिवारीले दुई दर्जनबढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । हाल उनी बिर्तामोडमा बसोबास गर्दै आएका छन् । अग्रज पत्रकार चन्द्र भण्डारीले म्युजिक भिडियो पर्दामा प्रकाशन गरेर ‘अटो रिक्सामा’ म्युजिक भिडियो औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । निर्माता पौडेलको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि अग्रज पत्रकार भण्डारी रहेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष राजु न्यौपाने, गायक सन्तोष शिवाले म्युजिक भिडियोको विषयमा चर्चा गरेका थिए । विमोचन कार्यक्रमको सञ्चालन पत्रकार तिलक योञ्जनले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!