१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

भारतीय ४ प्रहरी पोशाक सहित दैलेखमा

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

भावना हमाल
दैलेखमा भारतीय प्रहरीले स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिइ दैलेखमा प्रबेश गरेको छ । उनीहरुले बिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरु दैलेख आएको जानकारी गराएका थिए। भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आएको हो।
भारतको हरियाणा प्रदेश यमुनानगर जिल्लाबाट तीनजना प्रहरीसहितको चारजनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
भारतमा काम गर्दै आएका दैलेखका एक युवकले झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि ती युवकको खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी गराएका छन् । भारतीय प्रहरी पोशाक सहित दैलेखमा आइपुगेका छन् ।
उनीहरु सोमबार साँझ दैलेख आएको भएपनि मंगलबार बिहान पोशाकसहित जिल्ला सदरमुकाममा खुलेयाम हिँडिरहेको देखेपछि स्थानीयले बिरोध समेत जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

दाङ । मानव समाजको विकाससँगै सामाजिक सेवाको अवधारणा पनि विकसित हुँदै आएको छ। मानिस केवल आफ्ना लागि मात्र होइन, समाजका अन्य सदस्यहरूको हितका लागि पनि जिम्मेवार हुन्छ भन्ने भावना नै सामाजिक सेवाको आधार हो। समाजमा रहेका असहाय, विपन्न, अशक्त, ज्येष्ठ नागरिक, बालबालिका तथा विभिन्न कारणले पछाडि परेका समुदायको जीवनस्तर सुधार गर्न गरिने निःस्वार्थ कार्यलाई सामाजिक […]

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

error: Content is protected !!