३० जेठ २०८२, शुक्रबार
13-06-2025 , Fri
×

भारतीय ४ प्रहरी पोशाक सहित दैलेखमा

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

भावना हमाल
दैलेखमा भारतीय प्रहरीले स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिइ दैलेखमा प्रबेश गरेको छ । उनीहरुले बिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरु दैलेख आएको जानकारी गराएका थिए। भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आएको हो।
भारतको हरियाणा प्रदेश यमुनानगर जिल्लाबाट तीनजना प्रहरीसहितको चारजनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
भारतमा काम गर्दै आएका दैलेखका एक युवकले झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि ती युवकको खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी गराएका छन् । भारतीय प्रहरी पोशाक सहित दैलेखमा आइपुगेका छन् ।
उनीहरु सोमबार साँझ दैलेख आएको भएपनि मंगलबार बिहान पोशाकसहित जिल्ला सदरमुकाममा खुलेयाम हिँडिरहेको देखेपछि स्थानीयले बिरोध समेत जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ । उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो । आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले नेपाल प्रेसलाई बताए । गत […]

  काठमाडौं । नयाँदिल्ली बम राखिएको धम्की आएपछि फ्लाइट नम्बर एआई–३७९ नम्बरको विमानलाई सुरक्षित रूपमा फुकेटमै आपतकालीन अवतरण गरिएको हो । विमानमा १५६ यात्रु सवार रहेका थिए । अवतरणलगत्तै यात्रुहरूलाई विमानको आपतकालीन गेटबाट  सुरक्षित रूपमा ओरालिएको थियो । बमको धम्की विमानको शौचालयमा फेला परेको कागजमा लेखिएको सन्देश मार्फत दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विमानले […]

  काठमाडौं । पहिलो कुरा व्यक्ति विशेषलाई इङ्गित गरेर हामीले हाम्रा माग राखेका होइनौँ । दोस्रो कुरा अध्यागमनसम्बन्धी प्रकरणमा भिजिट भिसाका सवालमा लामो समयदेखि जे भइरहेको रहेछ । जुन हामी वा राज्यले थाहा पाएपछि त्यसको समाधान हुनेगरी सरकारले काम गर्नैपर्छ । यो देशमा रोजगारी नपाएर भिजिट भिसाका नाममा विभिन्न देशमा गएर घरपरिवार चलाउनुपर्ने मानिसहरूलाई यो […]

error: Content is protected !!